सरकारलाई सार्वजनिक संस्थानै नै घाँडो, संस्थानको ऋणभार मात्रै वार्षिक २ खर्ब

  २०७३ मंसिर १३ गते ८:४३     विकासन्युज

काठमाडौं १३, मंसिर । सार्वजनिक संस्थानहरू घाटामा गएपछि सरकारलाई झन्डै २ खर्बको ऋणभार परेको छ । निजीकरण गरिएका संस्थानहरूको अवस्था राम्रो छैन भने अर्कोतर्फ सञ्चालनमा रहेका संस्थानको दायित्व पनि दिनानुदिन बढ्दै गएको छ ।samsad-surakchaya

महालेखा नियन्त्रण कार्यालयको प्रतिवेदनअनुसार गत आवको अन्त्यसम्म सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ३ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । सरकारी स्वामित्वमा रहेका ३७ संस्थानमध्ये ३४ वटा सञ्चालनमा छन् । तीमध्ये २० संस्थानले नाफा कमाएका छन् भने १४ नोक्सानमा छन् ।

सरकारले संस्थानमा १२ अर्ब ९ करोड ४ लाख रुपैयाँ सेयर लगानी गरेको छ । यो अघिल्लो आवको भन्दा २ अर्ब २० करोड ३ लाख रुपैयाँले कम हो । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.