ट्रम्पको कूटनीतिप्रति जापानी प्रधानमन्त्रीको विश्वास

  २०७३ मंसिर ३ गते १६:३९     विकासन्युज

न्युयोर्क, ३ मङ्सिर । जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहीबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिप्रति विश्वास व्यक्त गरेका छन् । गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विदेशी नेतासँग ट्रम्पको प्रत्यक्ष भेटवार्ता भएको यो नै पहिलो हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो सरकारको मन्त्रीमण्डल बनाउने विषयमा तयारी भइरहेको अवस्थामा प्रधानमन्त्री आबेले उनलाई भेटेर यस्तो विश्वास व्यक्त गरेका हुन् । जापानी प्रधानमन्त्री आबेले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग करिब ९० मिनेट भेटवार्ता गर्नुभएको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

भेटवार्तापछि पत्रकारहरुसँग जापानी प्रधानमन्त्री आबेले भने – “निकै उपलब्धिमूलक भेटवार्ता भयो, ट्रम्प साँच्चिकै राम्रो नेता हुनुहुँदोरहेछ भन्ने महसुस गरेँ ।” न्यानो वातावरणमा भएको भेटवार्ताले विश्वासको सम्बन्ध विस्तार गरेको आबेको बताए । उनले
दुई नेताबीच पुनः व्यापक विषयमा गहिरो संवाद गर्ने सहमति भएको जनकारी दिए । दोस्रो विश्वयुद्धपछि अमेरिका र जापान एक अर्काका प्रमुख सहयोगी मुलुकका रुपमा रहँदै आएका छन् । दोस्रो विश्वयुद्ध यता जापानको आर्थिक अवस्था पुनः उकास्नका लागि अमेरिकाको ठूलो सहयोग रहेको छ । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.