बीमा समितिको निर्णय कार्यान्वन नगर्न उच्च अदालतको अन्तरिम आदेश, विजय शाहले जिम्मेवारी सम्हाले

  २०७३ मंसिर २ गते १४:१८     विकासन्युज

Bijaya_shahकाठमाडौं, २ मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाहलाई नियुक्त गर्ने कम्पनीको सञ्चालन समितिको निर्णय बदर गर्ने बीमा समितिको निर्णय कार्यान्वन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

कम्पनीले गत असोज १ गतेदेखि लागू हुनेगरी थप चार वर्षको लागि शाहलाई पुन प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो । तर बीमा समितिले असोज ३० गते एनएलजी इन्स्योरेन्स कम्पनीलाई पत्र लेखेर बीमकको संस्थागत सुशासन निर्देशिका अनुसार शाहलाई पुनः नियुक्त गर्न नमिल्ने जनाउँदै कम्पनीको निर्णय उल्ट्याइ दिएको थियो ।

तर बीमा समितिको निर्णय कानुनी रुपमा गलत भएको भन्दै कम्पनीले न्यायको उच्च अदालतमा अपिल गरेको थियो । उच्च अदालतले बीमा समितिको निर्णय तत्काल लागू नगर्न नगराउने अन्तरिम आदेश दिएको उच्च अदालत स्रोतले बतायो । अदालतको अन्तरिम आदेशका आधारमा शाहले बुधबारदेखि कार्यालयमा हाजिर भई नियमित काम थालेका छन् ।

यो पनि पढ्नुहुोस् ः बीमा समितिमा प्रतिगमन, विजय शाहकाे नियुक्ती बदर, संस्थागत सुशासन निर्देशिकाको भूतलक्षित व्याख्या

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.