नायक राजेश हमाल र मन्त्री जनर्दन शर्माकाे लाेकप्रियता बढ्याे, प्रचण्ड र अाेलीकाे घट्याे

  २०७३ कार्तिक १३ गते १६:३२     विकासन्युज

काठमाडौँ , १३ कात्तिक । पछिल्ला राजनीतिक गतिबिधिबाट सामाजिक संजाल तथा आमसंचार मध्यम मा राजनीतिक दलका नेताहरुको लोकप्रियता घटेको छ । अनलाइन संचार मध्यमहरुको पहुचमा भएका मानिसहरुले राजनीतिक दलका नेताहरु भन्दा कलाकारहरुतर्फ आफ्नो ध्यान खिचेका छन् ।

dhurmus-suntali

शुक्रबार मात्रै सिन्धुपाल्चोकको गिरान्चोकमा चर्चित हास्य कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरेले भूकम्प पीडित जनतालार्इ सुब्यबस्थित वस्ती वितरण गरेपछि त झन् कलाकारहरु प्रति ठूलो श्रद्दा बढेकाे देखिएकाे छ भने नेताहरु प्रति सामाजिक संजालमा ठूलो आक्रोश पनि व्यक्त भएको पाइएको छ ।

rajesh_hamalअक्टोबर महिनाको अन्तिम साता नेपाली चलचित्रका महानायक राजेश हमाल नार्कोसी डट कम को पब्लिक फिगर अाइकनमा पहिलो नम्बरमा उक्लेका छन् । यसघि प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोमा थिए । उनी दोश्रोमा झरेका छन् । तेश्रो र चौथोमा क्रमश चर्चित हास्य कलाकार जितु नेपाल र नायक तथा बिमान चालक बिजय लामा छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पाचौमा छन् भने शेरबहादुर देउबा छैठौमा छन् । गायिका तिर्सना बुढाथोकी सातौमा छिन ।

उर्जा मन्त्नी जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्दको महा अभियोग प्रस्ताबको भित्री नेतृत्व समाचार अनलाइनहरुमा चर्चित भएपछी उनका पाठक पनि निकै बढेका छन् । उनी आठौमा छन् । नबौ स्थानमा अस्ट्रेलियाका नेपाली मुलका धनाड्य तथा गैर आवाशीय नेपाली संङका अध्यक्ष शेष घले छन् । दसौमा भने युबा गायिका मिलन अमात्य छन् ।

नार्कोसी डट कम अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको नेपाली भाषाका सबै अनलाइन पोर्टलबाट समाचार, विचार तथा श्रव्य दिर्ष्य  सामग्री एकिकृत गरि अनलाइनका पाठकबीच  पुर्याउदै अाएकाे न्यूजपाेर्टल हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.