चन्द्रागिरि केबलकार भाई टीकाको दिन बन्द, अन्य दिन संचालनमा आउने

  २०७३ कार्तिक १२ गते १४:३७     विकासन्युज

काठमाडौं, १२ कात्तिक । चन्द्रागिरि केबलकार भाई टीकाको एक दिन मात्र बन्द हुनेछ । अन्य विदाका दिनमा विहान ७ बजे देखि सांझा ५ः३० बजेसम्म केबलकार यथावत संचालनमा आउने कम्पनीले जनाएको छ । चन्द्रागिरि हिल्स लिमिटेड अन्तर्गत रहेका अन्य सेवाहरु समेत सोहि अनुरुप संचालनमा आउने छन् ।

chandragiri-cable-car

चन्द्रागिरि हिल्सका अनुसार चन्द्रागिरि केबलकार सेवा संचालनमा आए देखि २०७३ साल कार्तिक ११ गते सम्म केबलकार चढ्नेको संख्या एक लाख ३२ हजार ९०४ पुगिसकेको छ । सार्वजनिक छुट्टी र विदाका दिनमा चन्द्रागिरि केबलकार चढ्नेको संख्या दैनिक आठ हजार सम्म पुग्ने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकको बढ्दो आकर्षणले चन्द्रागिरि हिल्स नेपालको नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.