सनराइजद्धारा ३३ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

  २०७३ कार्तिक ७ गते १७:४३     विकासन्युज

sunrise_bankकाठमाडौं, ७ कात्तिक । सनराइज बैंकको नवौं वार्षिक साधारण सभाले ३३ दशमलब ३३ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको छ ।

कात्तिक ७ गते सम्पन्न साधारण सभाले गत आवको नाफा तथा जगेडा कोषको रकम प्रयोग गरि लगानी कर्तालाई एक अर्ब ३२ करोड ५३ लाख ४८ हजार ८ सय रुपैंयाँ बराबरको ३३ दशमलब ३३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साधारण सभाले बोनस शेयर वितरण गरेपछि कायम हुने पूँजीको ३० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय समेत पारित गरेको हो ।

बोनस सेयर र हकप्रद सेयरपछि बैंकको चुक्ता पूँजी ७ अर्ब पुग्नेछ । बैंकले चालु आवको नाफाबाट बोनश शेयर वितरण गरेर आठ अर्ब चूक्त पूँजी पुर्याउने लक्ष्य निर्धारण गरेको छ । हाल बैंकका शाखाहरुको संख्या ६७ र एटिएमको संख्या ७२ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २७ शाखाहरु र उपत्यका बाहिर ४० शाखाहरु रहेका छन् ।

बैंकले सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङ्ग लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.