यो हो स्मार्टफोन प्रयोग गर्ने स्मार्ट तरिका, जोगाउनुस मेरुदण्डको समस्या

  २०७३ कार्तिक ४ गते २१:४७     विकासन्युज

काठमाडौं, ४ कार्तिक। स्मार्टफोन जसरी दैनिक जीवनको अभिन्न अंग बनिरहेको छ, त्यसैगरी यसले प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पनि पारिरहेको छ ।

तपाइँले कहिल्यै कल्पना गर्नुभएको छ कि, स्मार्टफोन प्रयोगगर्दा ढाडको समस्या हुनसक्छ भनेर ? स्मार्टफोनको प्रयोगले ढाड तथा घाँटी दुख्ने समस्या देखिएको छ भने सचेत हुनुहोस् यसले तपाइँको स्वास्थ्यमा गम्भीर असर गर्नसक्छ ।

यसो हुनुको मुख्य कारण हो- पोस्चर अर्थात तपाइँको आसन । विशेषगरी स्मार्टफोन तथा अन्य इलेक्ट्रोनिक सामानको निरन्तरको प्रयोगका क्रममा एउटा मानिसमा दिनमा कम्तीमा चार घण्टा यस्ता अप्राकृतिक तथा खराब आसनमा आˆनो समय खर्चिरहेका हुन्छन् ।

यसबाट बच्न तथा बचाउन स्मार्ट फोनको प्रयोग गर्दा कसरी बस्ने भन्नेबारे बिज्ञहरुले पत्ता लगाएका सुझाव तपाइँलाई उपयोगी हुनसक्छ ।

१. आसन (३० डिग्री, भार-१८ केजी ) २. आसन (६० डिग्री, भार- २७ केजी)

How to use phone

यो मुद्राको आसनमा स्मार्टफोन चलाउँदा तपाईको शरीरले आˆनो सम्पूर्ण भार मेरुदण्डमा पर्न जान्छ जसले फोक्सो लगायत हाम्रो शरीरको महत्वपूर्ण भागलाई असर पार्ने गर्छ । तपाइँको आसनअनुसार मेरुदण्डमा २७ केजीसम्मको भार पर्न जान्छ ।

विभिन्न अनुसन्धानले एउटा व्यक्तिको शरीरीक मुद्राले उसको भावनात्मक अवस्थाबारे थाहा पाउन सकिन्छ भनेर देखाइसकेको छ । उदाहरणको लागि  हामी डिप्रेशनलाई लिन सक्छौ । विशेषगरी डिप्रेशनको शिकार भएका व्यक्तिहरुको बसाई हेरेर नै हामी उसका मनको अवस्था थाहा पाउन सक्छौ । पहिले-पहिले वृद्धवृद्धामात्र यस्ता समस्याबाट ग्रस्त हुने मान्यता रहेको थियो । तर, पछिल्लो समय यो समस्या युवाहरुमा बढी देखिन थालेको छ ।

यस्ता समस्या भएका व्यक्तिमा घाँटी तन्कने, जिउँ कुपि्रने तथा काँध झुक्ने समस्या हुने गर्दछ ।

जबकी सही मुद्राको आसनले तनाव कम गर्ने मात्र नभएर तपाईका कार्य क्षमताको वृद्धि गर्न समेत  ठूलो भुमिका खेल्छ ।

कुनै पनि उपकरणको प्रयोग गर्दा घाँटीलाई निहुराउनुको साटो आखाँलाई तल झार्नुस् । त्यस्तै, स्कि्रनलाई माथि उचालेर उपकरणको प्रयोग गर्नुहोस् । यसले तपाइँको मेरुदण्डमा जम्मा पाँच केजीको भार पर्न जान्छ ।

आसन (० डिग्री, भार- ५ केजी)

How to use phone_1
ढाडको समस्या कम गर्ने पाँच साधारण तरीकाः

१. समय-समयमा मांशपेसीलाई तन्काउँदै , टाउकोलाई दायाँ बायाँ घुमाउने

२. बेलाबेलामा कुमको वरपर, घाँटीको छेउछाउ तथा काँधको दायाँबाया मालिस गर्ने

३.  केही बेर उभिने, हात, खुट्टालाई तन्काउने र ढाडलाई दायाँबायाँ झुकाउने । यो प्रकृयाले घण्टौदेखि एउटा मुद्रामा बसेको मांशपेशीलाई केही हदसम्म भएपनि आराम दिने गर्छ ।

४. यदी तपाई १० मिनेट भन्दा बढी समयसम्म निरन्तर फोनमा हुनुहुन्छ भने चिउडोलाई घाँटीतर्फ निहुराउनुस् र कुमलाई थोरै केहीबेर घुमाउनुहोस् । १० सेकेन्डका लागि थामेर यो प्रकृयालाई केहीबेरसम्म दोहोर्‍याउनुहोस् ।

५.प्रत्येक पटक स्मार्ट फोनको प्रयोग गर्दा, याद गर्नुस्  सही मुद्राको आसनले भविष्यमा तपाईलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट बचाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.