अपार्टमेन्ट मास्दै होटल बनाउँदै, पर्यटकस्तरदेखि पाँचतारेसम्मका अपार्टमेन्ट होटल

  २०७३ कार्तिक ३ गते १०:३२     विकासन्युज

काठमाडौं ३, कात्तिक । राजधानीमा अधिक मात्रामा बढ्दै गएका लिभिङ हाउस तथा अपार्टमेन्ट निर्माण सम्पन्न भइसकेपछि पनि संचालन हुन नसेका कारण भटाभट होटलमा परिणत हुन थालेका छन् ।

सानादेखि ठूला हाउजिङ तथा अपार्टमेन्ट होटलमा संरचनालाई परिवर्तन गर्नथालेपछि पर्यटक स्तरदेखि पाँचतारेसम्मकै होटल बन्ने भएका छन् । हाउजिङ भनेर निर्माण गरेपनि संचलान भने अहिले होटल तथा आपार्टमेन्ट होटल हुन थालेका छन् ।

तीन वर्ष अगाडि नै कालिकास्थानको सिल्भर सिटि अपार्टमेन्ट होटलमा परिणत भइसकेको छ । होटल संघ नेपाल (हान)कै पूर्व अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले ललितपुरमा निर्माण गरेको एक हाउजिङ संचलान नभएपनि एल्लो हाउस होटलमा परिणत गरेका छन् । होटल व्यवसायी योगेन्द्र शाक्यकै ताहाचलको हाउजिङमा एम्बेस्डर आपर्टमेन्ट होटल संचालन भइरहेको छ ।

शाक्यको लाजिम्पार्टको एम्बेस्डर होटल सडक विस्तारका क्रममा भत्किएपनि उनले आफैं हाउजिङमा एम्बेस्डर अपार्टमेन्ट होटल भनेर संचलान गरे । अहिले लामिम्जाटमै उनको सुविधासम्पन्न होटल निर्माण सम्पन्न भइसकेको भएपनि अब ताहाचलको होटल पनि संचालन भइरहने उल्लेख छ ।

घरजग्गा व्यवसायी इच्छाराज तामाङको सुन्धारमा निर्माण भएको सिभिल होम्स अपार्टमेन्ट होटलमा परिणत हुने भएको छ । ११ तले यो अपार्टमेन्टमा एक सय वटा भन्दा बढी कोठा रहने र आधुनिक सुविधासम्पन्न भएकोले पाँचतारे बनाउँन आवश्यक प्रक्रिया अगाडि सारिएको सिभल ग्रुपका बरिष्ठ कानुनी प्रवन्धक हेमलाल अधिकारीले बताए । उनका अनुसार सुन्धारको एक अपार्टमेन्टलाई भने होटल संचालन गर्न आवश्यक प्रक्रिया अगाडि सारिएको छ ।silver-city-kalikasthan

पाँचतारे स्टरको होटलका लागि आवश्यक सेवा र सुविधा सबै हाउजिङले मिट गरेकोले पाँचतारेकै तयारीमा अगाडि बढिएको पनि अधिकारीले बताए । उनका अनुसार हाउजिङको अवधारणमा निर्माण भएको भवन भएपनि स्तरीय होटल बनाउन कुुनै समस्या नहरेकोले सोही अनुुसाको आवश्यक कागजात तयार पार्न थालिएको छ ।

सिभिल होम्सलाई सीधै होटलमा परिणत गर्न नमिल्ने भएकोले सिभिल होम्सद्वारा संचालित होटल हुने गरी आवश्यक प्रक्रिया आगडि बढाउन थालिएको उनले जानकारी दिए ।

पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार हाउजिङलाई होटलमा परिणत गरेर सेवा दिने धेरैवटा कम्पनी भएपनि उद्योग विभागबाटै नयाँ कम्पनी बनाएर आउने भएकोले कुन हाउजिङ होटल भयो भन्ने तथ्यांक नभएको जानकारी दिएको छ ।

उद्योग विभागका अनुसार अपार्टमेन्ट संचालन नभएपछि उद्देश्य र कम्पनीको नामै परिवर्तन गरेर होटल संचलान गर्ने क्रम बढेको छ । विभागएका एक कर्मचारीका अनुसार २०७२ को भूकम्पपछि कमजोर भएका कतिपय आपार्टमेन्ट तथा संचालनको तयारीमा पुुगिसेका अपार्टमेन्टले पनि होटल संचालनको रुची देखाएका छन् । कतिपयले भने आवश्यक प्रक्रिया मिलाउँन थालिसकेको पनि उल्लेख छ ।

के हो अपार्टमेन्ट होटल ?
लिभिङ हाउसमा रुपमा बनाएका अपार्टमेन्टलाई होटलमा परिणत गर्ने र नामै आपर्टमेन्ट होटल बनाइने गरिएको छ । हाउजिङलाई सीधै होटलमा र अपाटेन्टलाई होलमा परिवर्तन गरेर अपार्टमेन्ट होटल भन्न थालिएको छ ।

छाउनी अपार्टमेन्ट होटलको फाइल तस्बिर

छाउनी अपार्टमेन्ट होटलको फाइल तस्बिर

पर्यटकले एउटा फ्ल्याटनै लिन पाउँने, ठूला कोठा हुने र पर्यटक लामो समयसम्म बस्न चाहे आफैंले पकाएर खाने तथा ठूलो र फराकिला कोठा भएको होटल नै अपार्टमेन्ट होटल हो ।

आपटेन्टमा पर्यटकको इन्छा अनुसार आर्फैं पकाएर खान पनि पाउँछन र होटलकै सेवा लिन पनि पाँउछन् ।

नेपालको पहिलो अपार्टमेन्ट होटल ललितपुरको शालिग्राम होटल हो ।

यस्तो अपार्टमेन्ट होटल युरोपेली युनियन, विश्व खाद्य कार्यक्रम, विभिन्न गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय उडानका वायुसेवाका विदेशी कर्मचारी तथा कर्पोरेट क्षेत्रका कर्मचारी र दुईसातादेखी पाँच ५ महिना तथा एक वर्षसम्म नै बन्न चाहनेको प्रमुख रोजाइमा पर्ने पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.