निक्षेप र कर्जाको ब्याजदर समान, निक्षेप र कर्जाको ब्याजदर समान देखिनु वित्तीय इतिहासकै लागि नयाँ प्रयोग

  २०७३ असोज १९ गते ७:२४     विकासन्युज

काठमाडौं १९, असोज । मुलुकको वित्तीय क्षेत्रमा यतिबेला संसारमा बिरलै हुने घटना भएको छ । निक्षेप र कर्जाको ब्याजदर झन्डै समान देखिएको घटना मुलुकको वित्तीय इतिहासका लागि दुर्लभ मानिन्छ । यो समाचार बुधबारको करोबारबाट दैनिकमा छापिएको छ ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता घट्दै गएपछि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएर सात प्रतिशतसम्म पु¥याएका छन् । तर, ट्रस्ट रिसिप्टदेखि गाडी खरिदका लागि पाइने पनि बैंकहरूले सात प्रतिशत नै ब्याजदर लिइरहेका छन् ।

Nepal-Rastra-Bank

Blocking percent on white background. Isolated 3D image

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल अहिले मुद्दती निक्षेप र कर्जाका केही योजनामा ब्याजदर समान अवस्थामा रहेको बताउँछन् । “मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतमा पनि नपाउने अवस्थामा पुगेको छ ।

तर, अटोदेखि ट्रस्ट रिसिप्ट तथा अल्पकालीन खालका कर्जा ७ प्रतिशत ब्याजदरमा गइरहेको छ,” एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले भने ।

रेमिट्यान्स घटेको कारण साउनदेखि बैंकिङ प्रणालीमा निक्षेपको वृद्धिदर अघिल्लो वर्षजस्तो छैन । तर, कर्जाको माग भने बढी छ । मुद्दती निक्षेपमा नयाँ योजनासहित ब्याजदर बढाउन बैंकहरूले थाले पनि कर्जाको ब्याजदर भने तत्काल नबढ्ने बैकर्स संघका अध्यक्ष पौडेल बताउँछन् ।

साउनमा रेमिट्यान्स घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरिसकेको छ । जसका कारण शोधनान्तरसमेत दुई वर्षपछि घाटामा गएको छ । भदौदेखि रेमिट्यान्स रकम बढे पनि बैंकिङ क्षेत्रमा तरलताको अवस्थामा भने खासै परिवर्तन आउको छैन ।

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल प्रतिस्पर्धाको कारण मुद्दती निक्षेपको ब्याजदर बढाउँदैमा तत्कालै कर्जाको ब्याजदर बढ्न नसक्ने बताउँछन् । “पुँजी वृद्धिसँगै बैंकहरूलाई व्यवसाय बढाउनका लागि चुनौतीपूर्ण छ,” लम्साल भन्छन् ।

उनले अधिक तरलता हट्दै गए पनि प्रतिस्पर्धाको कारण कर्जाको ब्याजदर बढाउन सक्ने अहिले सक्ने अवस्था नरहेको बताए । “निक्षेपको लागत बढ्ने तर, त्यो अनुपातमा कर्जाको ब्याजदर नबढेपछि कम मार्जिनमा काम गर्नुपर्ने अवस्था आउन सक्छ,” लम्सालले भने ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत निक्षेपको अनुपात ६० प्रतिशतबाट ५० प्रतिशतमा झार्न निर्देशन दिएको छ । जसको कारण बैंकहरूले व्यक्तिगततर्फको निक्षेप आकर्षित गर्न मुद्दती निक्षेपको ब्याजदर बढाउनुपर्ने दबाब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.