‘नेपाली हस्तकला क्षेत्रको विकासका लागि क्राफ्ट भिलेजको आवश्यकता’

  २०७३ असोज १८ गते १६:१८     विकासन्युज

काठमाडौं, १८ असोज । बाणिज्य परिषदको आयोजनामा नेपाल हस्तकला महासंघको पश्मिना वस्तुको क्रेता बिक्रेता भेला २०७३ सम्पन्न भएको छ । पश्मिनाको उत्पादन गर्ने उत्पादक तथा क्रेताको चाहना अनुरुपको डिजाईन, गुणस्तर, रंग संयोजन र विदेशी बजारबारे बिक्रेतालाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

handicraft

उक्त कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले निर्यात योग्य हस्तकलाको वस्तु पश्मिनाको प्रबद्र्धनको लागि के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका छन् । सोही अवसरमा शाक्यले नेपाली हस्तकला क्षेत्रको विकास र प्रबद्र्धनको लागि क्राफ्ट भिलेजको आवश्यकता रहेको र त्यसको स्थापनाको लागि सरकारले सहयोग गर्नु पर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ङईन्द्र प्रसाद उपाध्यायले नेपाली पश्मिनाको गुणस्तर अन्य मुलुकसँग अतुलनिय भएकोले नेपाली पश्मिनाको पहिचानमा गुणस्तरीयतामा कुनै सम्झौता नगर्न उत्पादकहरुलाई आग्रह गरेका छन् । साथै उनले हस्तकलाको प्रबद्र्धनको लागि नेपाल सरकार सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.