सरकारको दशैं तयारीः सहुलियत पसलदेखि नयाँ नोट हुँदै घर जाने टिकटसम्म

  २०७३ असोज १४ गते १६:१३     विकासन्युज

supath_mulya_pasalकाठमाडौं, १५ असोज । नेपालीहरुको सबै भन्दा ठुलो चाड दशैं नजिकिँदै गर्दा आम नेपाली जनजीवन ‘फेस्टिभल मुड’मा प्रवेश गरिरहेको छ ।नेपालीका घर घरमा आफ्नो आर्थिक अवस्था अनुसार दशैंको तयारी तथा स्वागत गरिरहेका छन् । सबै भन्दा ठुलो चाड भएकैले होला सरकारले पनि राष्ट्रिय रुपमै दशैंको जोडतोडले तयारी गरिरहेको छ ।

पहिलो तयारीः सहुलियत पसल
सरकारले दशैंतमा आम उपभोक्तालाई सहुलियत दिन भन्दै असोज १ गतेदेखि उपत्यकामा १३ र जिल्लाबाहिर २५ ठाउँमा सहुलियत पसल सञ्चालन गरिरहेको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, चामल, पिठो, मैदा, दाल, गेडागुडीको व्यवस्था मिलाइरहेको छ । साल्टले प्रतिकिलो चिनीमा ५ रुपैयाँ छुट दिइरहेको छ । नुनमा प्रतिकिलो २ रुपैयाँ छुट सुबिधा छ । ७८ प्रकारका खाद्य वस्तुहरूमा थप छुट दिने व्यवस्था मिलाइएको छ ।

नेसनल ट्रेडिङले विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जामा छुट उपलब्ध गराइरहेको छ । खाद्य संस्थानले १५ थरीका चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइरहेको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो १० रुपैयाँ, पनिरमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइरहेको छ ।

उपत्यका चक्रपथ आसपासका मुख्य बजारमा तीनवटा गाडीद्वारा घुम्ती सेवा पसल पनि सञ्चालन भैरहेको छ । त्यसमा एक व्यक्तिले नुन ३ केजी र चिनी ६ किलोसम्म किन्न पाउनेछन् । उपत्यका भित्र रामशाहपथ (सिंहदरबार), थापाथली, नख्खु, टेकु, जडीबुटी (कोटेश्वर), सूर्यबिनायक(भक्तपुर), बूढानीलकण्ठ (नारायणस्थान), बौद्ध, सतुंगल, नयाँ बानेश्वर, कालिमाटी (साल्ट ट्रेडिङ परिसर) मा सञ्चालन भैरहेका छन् ।

उपत्यका बाहिर भने कृष्णनगर, सुर्खेत, नेपालगन्ज, टीकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशूली, बैतडी, हटौंडा, पोखरामा सञ्चालनमा छन् । त्यस्तै, अछाम, बाजुरा, बझाङ, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, बाग्लुङ, भैरहवालगायत स्थानमा पसल सञ्चालनमा छन् ।

lp_gasग्यासमा राहत
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँमा उपलब्ध छ ।

हवाई इन्धनमा पनि राहत
नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाइसकेको छ । हाल आन्तरिक उडान तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८९ रुपैयाँ छ ।

मासुका लागि खसीबोका
नेपाल खाद्य संस्थानले शदैंका लागि करिब तीन हजार खसी बोका ल्याएको छ । मुस्ताङबाट एक हजार ५०० च्याङ्ग्रा तथा भारतका विभिन्न ठाउँबाट सोही संख्यामा खसी बोका ल्याइएको हो ।यी खसीबोकाघटस्थापनाका दिनदेखि बेचिनेछन् ।

khasiघर जानलाई टिकट पनि
सरकारले उपत्यका बाहिर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङको व्यवस्था गरेको छ । उपत्यकका बिभिन्न स्थानबाट असोज ७ गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ ।

नयाँ नोट पनि
राम्रै लाउँ, मिठै खाउ भन्ने मान्यतालाई पछ्याउँदै नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याउँदैछ । असोज १६ गतेबाट केन्द्रिय बैंकले दशैंका लागि भन्दै पाँच, १०, २०, ५०, १०० र पाँच सय दरका नयाँ नोट बजारमा ल्याउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.