रिलायबल डेभलपमेन्ट बैंकको १०औँ वार्षिकोत्सव सम्पन्न

  २०७३ असोज १२ गते १३:२०     विकासन्युज

काठमाडौं, १२ असोज । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १० औ वार्षिकोत्सवको सम्पन्न गरेको छ । उक्त उपलक्ष्यमा रुद्रमती सरोकार समाजले फोहोरमुक्त सडक घोषणा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत गौशाला देखि कमल पोखरी सम्म ४० थान डष्ट बिन निशुल्क प्रदान गरेको छ ।

relaible_dev_bank_help

उक्त कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री गगनकुमार थापाले गरेका थिए । हाल बैंकले १७ वटा शाखाहरु मार्फत करिब ९ अर्ब रुपैयाँ निक्षेप संकलन र ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । आगामी दिनहरुमा पनि यस्तै संस्थागत सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु गर्दै जाने बैंकले जनाएको छ ।