नगरकोट-काठमाडौं बस सेवा सञ्चालन हुने

  २०७३ असोज ४ गते ८:४५     विकासन्युज

नगरकोट, ४ असोज । नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ । उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट काठमाडौं रत्नपार्कसम्म बस सञ्चालन गरिने बताए ।

उत्तरपूर्वी बस व्यवसायी सङ्घले हाल भक्तपुर कमलविनायकबाट खरिपाटी, तेलकोट हुँदै नगरकोटसम्म र कमलविनायकबाट जितपुर, सरस्वती स्थान हुँदै कलमसीसम्म बससेवा सञ्चालन गर्दै आएको छ । सो सेवाबाट भक्तपुरको उत्तरपूर्वी क्षेत्रका तथा काभ्रेका बासिन्दा लाभान्वित भएका छन् ।

यसैबीच उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाले सङ्घको अध्यक्षमा पुनः जीवन खत्रीलाई चयन गरेको छ । उपाध्यक्षमा राजेन्द्र तिमिल्सिना, महासचिवमा पुरुषोत्तम राजभण्डारी, कोषाध्यक्षमा सागर तिमिल्सिना तथा सदस्यहरुमा सुनिता तामाङ, सन्तबहादुर वाइवा र कुमाले बानियाँ चयन भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.