अप्रिलीआको दशै तिहार अनविलिभेवल अफर

  २०७३ असोज १ गते १६:४१     विकासन्युज

apriliaकाठमाडौं, १ असोज । युरोपको चर्चित तथा विश्वकै उत्कृष्ट रेसिङ्ग बाईक अप्रिलीआले दशैं तिहारलाई लक्षित गरि ‘दशै तिहार अनविलिभेवल डिस्काउण्ट अफर’ ल्याएको छ । उपहार योजना अन्तर्गत ग्राहकहरुले अप्रिलिआको एसटिएक्स बाईक किन्दा १४ हजार तथा अप्रिलिआको ईटिएक्स बाइक खरिद गर्दा १८ हजार रुपैंयाँ छुट प्राप्त गर्नेछन् । योजना अन्तर्गत नै प्रत्येक अप्रिलिआ बाईकको खरिदमा ग्राहकलाई ३ हजार पर्ने एउटा हेल्मेट समेत उपहार प्रदान गरिने छ ।

हाल अप्रिलिआ एसटिएक्सको बजार मुल्य २ लाख ७९ हजार रुपैंयाँ छ भने अप्रिलिआ ईटिएक्सको ३ लाख ५० हजार रहेको छ । चाडबाडलाई मध्यनजर गर्दै कम्पनीले मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको सुविधा समेत उपलब्ध गराउने भएको छ । हाल बजारमा अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नामक मोडल चल्तीमा रहेको छ ।
यी मोटरसाईकलहरु १५० सिसि क्षमताको रहेको छ । एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिन्छ भने इटिएक्स इन्ड्युरो जस्तोसुकै अफरोडका लागि उपयुक्त रहेको कम्पनीले दावी गरेको छ ।

अप्रिलिआको नेपालको लागि आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनकोे उपत्यकामा सानो गौचरण तथा उपत्यका बाहिर विर्तामोड र इटहरीमा एक–एक बिक्रि कक्ष रहेको छ । अप्रिलिआको सबै पार्टस्, पुर्जा सहजै उपलब्ध छ ।
सन् १९०५ देखि ईटालिको विश्वप्रसिद्ध पिआजीओ गु्रपले उत्पादन गर्दै आएको अप्रिलिआ बाईकलाई रेसिंगका हस्ती भ्यालिन्टीनो रोसी, जर्ज लोरेन्जो, केसी स्टोनरले समेतले बिभिन्न व्यवसायिक रेसिङ्ग प्रतियोगिताहरुमा प्रयोग गरिसकेका छन् । अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा उपाधि जितिसकेको छ ।
जे एण्ड जेले निकट भविष्यमानै अप्रिलिआ आरएस ४–१२५ नामक मोटरसाईकल तथा स्कुटर बजारमा ल्याउने भएको छ । यस अघि कम्पनीले ७५० सिसि क्षमताको अप्रिलिआको डोरसोडुरो ७५० एबिएस मोटरसाइकल नेपाली बजारमा भित्र्याईसकेको छ । जे एण्ड जे इन्टरनेशनल छोटो समयमा नै नेपाली बजारमा १२५ सिसि देखि १२०० सिसि क्षमताको मोटरसाईकल तथा स्कुटर विक्रि वितरण गरी टु ह्वीलर सेग्मेन्टमा एक अग्रणी कम्पनीको रुपमा देखा परेको छ । अप्रिलिआका अन्य मोडलहरु ग्राहकको माग अनुसार उपलब्ध गराउन सकिने कुरा आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.