नेपाल गरिब हुनै सक्दैन- प्रधानमन्त्री दाहाल

  २०७३ असोज १ गते ४:३०     विकासन्युज

नयाँ दिल्ली, भारत, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले अथाह सम्भावना भउको नेपाल गरिब हुनै नसक्ने बताएका छन् ।

prchanda_modi

नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “विगतमा भएका अप्ठ्यारा सङ्लँदै गएको छ, अब शङ्का गर्नुपर्ने कारण छैन” प्रधानमन्त्री दाहालले भन्नुभयो, “भारत र चीन जस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै सक्दैन, अब समृद्धिको ढोका खुलेको छ । ”

उनले मुलुकमा लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको पनि बताएका थिए ।

प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम् राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गरे ।

उनले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राखे ।
भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उनले जोड दिएका थिए।

शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको दाहालको दावी थियो ।
।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.