बाजेको ७ प्रकारका मसला बजारमा

  २०७३ भदौ ३१ गते ११:४१     विकासन्युज

bajeko_masalaकाठमाडौं, ३१ भदौ । बाजेको सेकुवाले बाजेको मसला बजारमा ल्याएको छ । बाजेको सेकुवाले ७ प्रकारका मसला उत्पादन तथा बिक्रि थालेको हो । सेकुवाले मिट, चिकेन, करी, मम, सेकुवालगायत २३ प्रकारका परिकारका लागि मसला उत्पादन गरि बजारमा ल्याएको कम्पनीकी प्रबन्ध निर्देशक नितिमा कार्कीले बताइन् ।

मसलाको मूल्य न्युनतम ८५ देखि १२० रुपैयाँसम्म पर्छ । बाजेको सेकुवाले राजधानीमा पत्रकार सम्मेलन गरि नयाँ उत्पादन सार्वजनिक गरेको हो । चाडपर्वहरु नजिकिँदै गर्दा ल्याइएका मसलाले खानापारखीको मन जित्ने विश्वास कार्कीले बताइन् ।

तराईका विभिन्न जिल्ला पुगेर किसानको खेतबारीबाट प्रत्यक्ष रुपमा कच्चा पदार्थ संकलन गर्ने उत्पादक कम्पनीको योजना छ । यी मसालाहरु विराटनगरको उद्योगमा पिसेर काठमाडौं अनामनगरमा प्याकिङ गरिएका हुन् । सुरुवातमा मासिक ३० हजार प्याकेट उत्पादन लक्ष्य कम्पनीले लिएको छ । बाजेको सेकुवाले उपत्यकाका १० स्थानसहित पोखरा र भरतपुरमा शाखा खोलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.