टेष्ट ड्राइभ मेलामा २७ ओटा बजाज आरइ बुकिङ, २ हजार भन्दा बढीको सहभागी

  २०७३ भदौ २७ गते ७:४७     विकासन्युज

काठमाडौं, २७ भदौ । नेपालमा बजाज आरइ थ्री ह्वीलरको अधिकृत विक्रेता हंसराज हुलासचंदले कोहलपुरमा आयोजना गरेको टेष्ट ड्राइभ मेलामा २७ ओटा बजाज आरइ बुकिङ भएको छ । मेलामा ६ सय ५० जनाले टेस्ट ड्राइभ गरेको कम्पनीले जनाएको छ ।

bajaj_re

कम्पनीले बजाज को प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु गरिएको मेला भदौ २५ गते सम्पन्न भएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ टेष्ट ड्राइभ सञ्चालन गरिएको आयोजकले जानकारी दिए ।

कम्पनीले पहिलो पटक मनोरञ्जनका साथमा बजाजका थ्री ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिवार मेला आयोजना गरेको थियो । कोहलपुरका सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ हजार भन्दा बढीको सहभागीता रहेको थियो ।

उक्त मेलामा २४ वटा लक्कि ड्र गरिएको थियो भने बालबालिकाहरुका लागि निशुल्क मनोरन्जनको व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.