४९१ आन्दोलनकारीको अभियोग जाँच्दै सरकार, नयाँ राजदूतका लागि बाटो खुला

  २०७३ भदौ २० गते १:४१     विकासन्युज

काठमाडौं, २० भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मुद्दा फिर्ताका लागि बुझाएको विवरणमा सरकार भेरिफाईगर्न लागेको छ ।

मोर्चाले मधेस आन्दोलनका क्रममा ४९१ जनामाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने विवरण बुझाएपछि गृह मन्त्रालयले २२ जिल्ला प्रशासन कार्यालयलाई यसबारे बुझ्न निर्देशन दिएको खबर आजको कारोबारमा छापिएको छ।madhesh-andolan

नेपाल प्रहरीका अधिकारीले भने मुद्दा फिर्ता लिनुपर्ने मोर्चाको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् । राजनीतिक मुद्दा फिर्ताका नाममा गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुने उनीहरुको भनाई छ।

नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज

सर्वोच्च अदालतले राजदूत सिफारिसको निर्णय फिर्ता लिने गरी सरकारले चालेको कदमको पक्षमा निर्णय दिएको छ। सर्वोच्चको यो निर्णयसँगै नयाँ राजदूत सिफारिस प्रक्रिया अघि बढाउन सरकारलाई सहज भएको छ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अघिल्लो सरकारद्वारा सिफारिस राजदूतको स्थानमा अर्को सिफारिस नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले खारेज गरिदिएको छ।
सर्वोच्चले राजदूत सिफारिसको विषय राज्यको कार्यपालिकाको नीति र निर्देशनमा रही काम गर्नुपर्ने प्रकृतिको रहेको भन्दै यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो।

डेढ दशकपछि प्रचण्ड–ओबामा भेटवार्ता हुने
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जाँदा अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गर्ने भएका छन् । काठमाडौं आएकी अमेरिकी सहायक विदेशमन्त्री निसा देखाई विश्वालले प्रचण्ड र ओबामाबीच बेग्लै दुई पक्षीय वार्ता हुने जानकारी दिएकी हुन् ।prachanda-obama

विश्वालले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटेर यो जानकारी दिएकी हुन् । ‘नेपाल र अमेरिकाको कार्यकारी प्रमुखहरुको तहमा डेढ दशकयता दुईपक्षीय भेटवार्ता भएको छैन, यसपालि राष्ट्रपति ओबामासँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ, यसबारे दुवै पक्षले तयारी गर्नेछन्,’ कुटनीतिक स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्ड ३ देखि १२ असोजम्म न्यूयोर्कमा हुनेछन् । राष्ट्रपति ओबामाले महासभामा हसभागी सरकार–राष्ट्रप्मुखलाई आयोजना गर्ने रिसेप्सनमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनेछन् ।

भारत भ्रमणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएका बुँदा
३० भदौदेखि २ असोजसम्म भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री प्चण्डले मन्त्री र सरकारी उच्च पदाधिकारीहरुसँग छलफल गरेका छन्, तर एजेन्डा टूंगो लगाउन बाँकी छ ।

प्रचण्डले भारत पुगेर छलफल गर्ने एजेन्डाबो सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग आइतबार ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बुँदा
– माथिल्लो कर्णाली, अरुण तेस्रोसहित जलविद्युत आयोजनको अवस्था, यसमा नेपालको धारणा स्पष्ट पार्ने
– प्रर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी विषयको कार्यान्वयन

– नौमुरे जलविद्युत योजना निर्माण वा यसको विकल्प खोज्ने प्रस्ताव
– पञ्चेश्वरको डिपिआरमा अन्तिम निर्णय

– दुई देशीय लाइन निर्माणको प्रगति
– हुलाकी सडक निर्माणको अवस्था

-भूकम्प पीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन, थप सहयोग
-सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधबाट सिर्जित समस्या समाधानका लागि संयुक्त टिम निर्माणसहितका विषय
-भारतको सहयगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.