महिन्द्रा टू व्हीलर्सद्धारा महिन्द्रा मोजो नेपाली बजारमा सार्वजनिक

  २०७३ भदौ १५ गते ७:४८     विकासन्युज

काठमाडौं, १५ भदौ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्सले नयाँ बाइक महिन्द्रा मोजो नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा जारी नाडा अटो सोमा उक्त मोटर साईकल सार्वजनिक गरेको हो ।

Mahindra_MOJO_Dead_side

उक्त बाईक सार्वजनिक गर्न महिन्द्रा टू व्हीलर्सका सिनियर भाइस–प्रेसिडेन्ट (आर एण्ड डी) पी.एस. अशोक र एमटिडब्लुएलका प्रमुख कार्यकारी अध्यक्ष सहायल भारतको पुणेबाट बाईकमा नै आएका थिए । मोजोको दमदार पावर प्रमाणित गर्न उनीहरु पुणेदेखि काठमाडौंसम्म करिब २ हजार ८८ किलोमिटर लामो दूरी बाइकमा यात्रा गरेका हुन् ।

एमटिडब्लुएलका प्रमुख कार्यकारी अध्यक्ष सहायलका अनुसार मोजो महिन्द्रको फ्ल्याग्शिप मोडल हो । यो बाईक भारतमा लोकप्रिय हुँदै आएको छ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्रा टू व्हीलर्सको तर्फबाट आएको सबैभन्दा उत्साहजनक प्रोडक्टहरु मध्ये एक मोजो मोटर साइकललाई नेपालमा ल्याउन पाएकोमा खुशी व्यक्त गरे ।

मोजोेमा लो–फ्रिक्सन पिस्टन तथा रिङ्ग भएको स्टेट–अफ–आर्ट डिओएचस इन्जिनछ । एडभान्स्ड् इएफआइ, इरिडियम स्पार्क प्लग, रेजोनेटर–फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जहस्ट् यसका विशेषता हुन् ।

मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको कम्पनीले जनाएको छ ।

३२० एमएमको रेडियल्ली–माउन्टेड फ्रन्ट डिस्क ब्रेक तथा पिरेली डिएब्लो रोस्सो टू टायर पनि रहेको छ । बाइकमा २१ लिटरको इन्धन क्षमता भएको फ्युल ट्यांक छ । सबैभन्दा बढी इन्धन क्षमताको ट्याङ्की भएकोले लामो दूरी तय गर्नको लागि सजिलो हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.