एनएमबि बैंकको नयाँ शाखा पाल्पा, भैरहवा र दमकमा

  २०७३ भदौ १३ गते ६:३६     विकासन्युज

काठमाडौं, १३ भदौ । एनएमबि बैंकले पाल्पा, भैरहवा र दमक तीन वटा शाखा स्थापना गरेको छ । बैंकले एकै दिन तीन वटा शाखा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल एनएमबि बैंक पाल्पा र भैरहवा शाखाको उद्घाटन गरेका हुन् ।

NMB
बैंकका संचालक नन्द किशोर राठी तथा नेपाल राष्ट्र बैंकका क्षेत्रिय प्रवन्धक रामु पौडेलले संयुक्त रुपमा दमक शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका संचालक कमलेश कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो ।

गर्भनर डा. नेपालले पाल्पा र भैरहवामा एनएमबि बैंकको नँया शाखाको सुरुवातले स्थानीयको सरल बैकिङ्ग पँहुचमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । बैंकले पाल्पा र भैरहवासँगै दमकमा पनि नँया शाखाको विस्तार गरेको बैंकले जनाएको छ । अब बैंकको शाखा संख्या ७१ पुगेको छ भने एटिएम ५० वटा र एक्सटेन्सन काउन्टरको संख्या ७ वटा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.