टाटा मोटर्सको टिआगो नेपाली बजारमा, मूल्य २२ लाख ५५ हजार रुपैयाँ

  २०७३ भदौ १३ गते ३:३१     विकासन्युज

काठमाडौं, १३ भदौ । टाटा मोटर्सको नयाँ उत्पादन टिओगो आइतबारदेखि नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ । पेट्रोलबाट चल्ने स्पोर्टीज ह्याजव्याक मोडलको यो कारको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
Tiago_lunch
टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेशनल विजनेश हेड जोनी ओम्मेन र नेपालका लागि टाटा मोटर्सको लागि बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष सौर्य राणाले संयुक्त रुपमा टिआगो सार्वजनिक गरेका छन् । जोनी ओम्मेनले सबैले रोजेको र खोजेको ह्याचव्यक टिआगो नेपाली बजारमा बिक्री शुरु गर्न पाएकोमा खुशी व्यक्त गरे ।

Tiagoअत्याधुनिक डिजाईन सहित डाइनेमिक ड्राइभिङ सुविधा भएको, उत्कृष्ट फ्युल क्षमताको यो कारमा रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिन रहेको छ । प्रतिलिटर २३ किलोमिटर गुड्ने कम्पनीको दावी छ । हाल एक्सइ, एक्सएम, एक्सजेट तीन डाइनामिक भेरियन्टमा र विभिन्न ६ कलरमा उपलब्ध रहेको सिप्रदी टे«डिङले जनाएको छ ।

गाडी बिक्रीपछिको सेवालाई निकै जोड दिएको कम्पनीले जनाएको छ । टाटा मोटर्सले गाडीका उपभोक्तालाई छिटो सुविधा दिन टाटा मोटर्स कनेक्ट एप्लिकेशन सुविधा समेत बनाएको छ । कार विग्रेको अवस्थामा ४८ घण्टा भित्र मर्मत ग्यारेन्टी गरिएको छ । ४८ घण्टा भित्र कार मर्मत नभएमा मर्मत शुल्क नलिने सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

सन् २०१६ को फेब्रुवरीमा भारतमा पहिलो पटक बिक्री शुरु भएको यो गाडी भारतमा मासिक करिब ५ हजार वटा बिक्री हुँदै आएको छ । यस कारको बारेमा नेपालमा गरिएको सर्बेक्षण रिपोर्टले अत्याधिक रुचाएको देखाएपछि नेपालमा भित्र्याउने निर्णय भएको श्रेष्ठले बताए ।

rajan_babu

हाल नेपालमा टाटा मोटर्सका करिब ७५ हजार सवारी सडकमा गुडिरहेको, कमर्शियल भेइकल्सतर्फ टाटाको बजार हिस्सा करिब ८० प्रतिशत रहेको र प्यासेन्जर भेइकल्सतर्फ करिव १४ प्रतिशत हिस्सा टाटाले लिएको उनले बताए । भारतमा करिव ९० लाख टाटा गाडी गुडिरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.