महिलाहरुलाई यती डेभलपमेन्टको बैंकिङ्ग साक्षरता कार्यक्रम

  २०७३ भदौ १२ गते १२:४६     विकासन्युज

काठमाडौं, १२ भदौ । यती डेभलपमेन्ट बैंकले तीजको उपलक्ष्मा महिलाहरुलाई लक्षित गरी “ लघुवित्त तथा वित्तिय सुरक्षा सम्बन्धि १ दिने कार्याशाला गोष्ठी” सम्पन्न गरेको छ । बैंकले सामाजीक उत्तरदायित्व अन्तर्गत बैंकको पालुङ्ग शाखामा सो कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५०० बढी कृषी, पशुपालन तथा घरेलु ब्यबसायहरुमा आबद्ध महिला उद्यामीहरुको उपस्थिती रहेको बैंकले जनाएको छ ।

yeti_dev_bank_teej_program
कार्यक्रममा बैंकको सामाजीक उत्तर दायित्व शाखाकी प्रमुख दिपान्ली खकुरेल तथा हिमराज दवाडीले बित्तीय साक्षरता तथा लघुवित्तको परिचय यसको महत्व र फाईदाको विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी ए.टि.एम कार्ड तथा मोबाइल बैंकिङ महिलाहरुको पहुँचमा पुर्याउने उद्धेश्यले बैकका कर्मचारी आस जरेजुले ए.टि.एम तथा मोबाइल बैंकिङको उपयोगिताको तथा त्यसको प्रयोगको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा महिलाहरुबीच बत्ति कात्ने प्रतियोगिता गराई उत्कृष्ट ३ प्रतियोगी र कालि देवि महिला समुहको उत्कृष्ट १९ जना सदस्यहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको थियो । साथै तिज विषेश कार्यक्रम अन्तगर्त महिलाहरुद्धारा तिज गित तथा नाचगान प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.