आर्य फर्माको बिक्री सूची ‘झुटो’, औषधि फर्माको ल्यावमै यस्तो विवरण

  २०७३ भदौ १० गते २:२२     विकासन्युज

arya_farma

काठमाडौं १०, भदौ । औषधि बनाउन प्रयोग हुने सहायक रसायन स्युडोफ्रिडिन नेपाल भित्र्याएर लागुऔषधका तस्करलाई बिक्री गरेको अभियोगमा अनुसन्धान दायरामा तानिएका आर्य फर्मा ल्यावका सञ्चालकले औषधि निर्माण गरी विक्रि गरेको झुठो विवरण भेटिएको छ ।

नेपालमा स्युडोफ्रिडिन मगाएर एमफेटामाइन बनाउन भारत हुँदै बर्मा र चीन पुर्‍याउने गरेको आरोपमा लागू औषध नियन्त्रण ब्युरोले आर्य फर्माका सञ्चालक रतनलाल संघाई र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ खबर शुक्रबारको कान्तिपुरमा समचार छ । अनुसन्धानका क्रममा आर्यले नेपाल भित्र्याएको स्युडोफ्रिडिन औषधि बनाउन प्रयोग गरेको विवरण ब्युरोमा पेश गरेको थियो। उनीहरुले धरान, काठमाडौं, नेपालगञ्ज, धनगढीका औषधि विक्रेताको सूची देखाएका थिए ।

ब्युरोका एसएसपी गणेश केसीका अनुसार उनीहरुले औषधि दिएको दाबी गरेका औषधिका डिलरलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले आर्यबाट औषधि नकिनेको बताएका छन् । ‘आर्यले औषधि दिएको दाबी गरेका वितरकहरुसँग जानकारी माग्दा उनीहरुको सबै विवरण झुठो देखियो,’ केसीले भने‘ वितरकको बयानबाट आर्यले स्युडोफ्रिडिनको दुरुपयोग गरेको थप प्रमाण फेला पर्‍यो ।’

ललितपुरको पाटनभित्र रहेको प्लाष्टिकको फ्याक्ट्रिमा ४ सय ७० केजी स्युडोफिड्रिन फेला परेपछी ब्युरोले संघाई समूहका रतनलाल संघाई, कर्मचारी दिलिप पण्डित मोहित हलान, श्याम तामाङ र बद्री वन पक्राउ परेका थिए ।
अनुसन्धानका लागी प्रहरीको न्यायिक हिरासतमा रहेका रतनले आफूले आर्यको कारोबार नहेर्ने र त्यसबारे केही जानकारी नभएको दाबी गरे पनि पक्राउ परेका म्यानेजर पण्डितले पवन र रतनको निर्देशनमा हुने स्युडोफ्रिडिनको तस्करीबारे बयानमा सकारेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए ।

‘रतनले आफूलाई थाहा छैन भनेर छल्ने प्रयास गरिरहेका छन्, तर अनुसन्धानकोक्रममा फेला परेका प्रमाणले स्युडोफ्रिडिनको तस्करी पुष्टि हुने पर्याप्त प्रमाणहरु फेला परिसकेका छन्,’ ब्युरोका एसएसपी केसीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.