सानिमा माई हाइड्रोले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

  २०७३ भदौ ८ गते ३:४९     विकासन्युज

sanima_mai_hydropowerकाठमाडौं, ८ भदौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि भदौ ३१ गते बार्षिक साधारण सभा डाकेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड ५० लाख रुपैंयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको पुँजी दुई अर्ब ११ करोड रुपैंयाँ पुग्नेछ । सोही साधारण सभाले कम्पनीको आगामी कार्यकालका लागि पाँच सदस्यिय नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

हालसम्म कम्पनीले २२ मेगावाट क्षमताको माई जलविद्युत आयोजना र माई ७ मेगावाटको माई क्यासेट जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर उत्पादन आरम्भ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.