रुट परमिट विनाका सवारी रोकिदा यात्रु समस्यामा

  २०७३ भदौ ५ गते २:३६     विकासन्युज

काठमाडौं, ५ भदौ । रुट परमिट विना गाडि चलाउँने गरेको पाइएपछि प्रहरीले निगरानी गर्न थालेपछि सवारी साधन रोकिने र यात्रु समस्या पर्न थालेका छन् । गत साता काभ्रेमा भएको यात्रु वस दुर्घटनामा ठूलो मानवीय क्षति भएपनि प्रहरीले यात्रुवाहक सवारीको रुट परमिटमा निगरागनी गर्न थालेको हो ।

प्रहरी निगराAraniko_busनीकै कारण दोलखाका गाउँ–गाउँ जाने बस सेवा शनिबारदेखि बन्द भएपछि यात्रु अलपत्र परेका छन् । रुट परमिट नभएका ठाउँमा प्रहरीले बस सेवा सञ्चालन गर्न नदिएपछि यात्रु अलपत्र परेका उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले शुक्रबार यातायात व्यवसायी समितिसँग बैठक बसी शनिबारदेखि रुट परमिट नभएका गाडी रोक्ने सहमति गरेको थियो । सरकारी निर्णयअनुसार रुट परमिट नभएका सवारी साधन रोक्ने सहमति गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

प्रहरीले गाडी रोकपछि दोलखाको उत्तरी क्षेत्र सिंगटीतिर जाने बस शनिबार बिहानै जिल्ला प्रहरी कार्यालय दोलखा अगाडि रोकिएका छन् । बस सेवा रोकिएपछि सिंगटी आसपासका क्षेत्र जाने हजारौं यात्रु अलपत्र परेका छन् ।

चरिकोटदेखि लामाबगरसम्मको ६८ किलोमिटर सडकमा यातायात व्यवस्था विभागले परमिट जारी गरेको छैन । काठमाडौंबाट सिंगटी क्षेत्रमा मात्र दैनिक २५ भन्दा बढी बस चल्ने रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

दोलखामा चल्ने गाडीलाई काठमाडौं–जिरीको मात्र रुट परमिट छ । परमिट नभएका गाडी श्रम तथा यातायातमन्त्री रमेश लेखकको अध्यक्षतामा प्रहरी र यातायात व्यवसायी महासंघका प्रतिनिधिहरूबीच भएको बैठकले रोक्ने निर्णय गरेको थियो । सोही निर्णयको परिपत्रको आधारमा गाडी रोक्नुपरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख बेलबहादुर पाण्डेले बताए ।

रुट परमिट बिनाका गाडी रोकिँदा चरिकोटदेखि दोलखाको उत्तरी क्षेत्रका २४ गाविस प्रभावित भएका छन् । त्यसैगरी मैनापोखरी जुँगू, जिरी पूर्व, तामाकोसीदेखि दक्षिणका गाउँ र मुडे–देउराली चल्ने गाडी रोकिएका छन् । साउन ३१ गते अरनिको यातायातको कोसीपारी चल्ने बिर्ता देउरालीमा दुर्घटना भई २७ जनाले ज्यान गुमाएपछि रुट परमिट बिनाका गाडी रोक्ने निर्णय हो । परमिट बिनाका बसलाई मात्र रोक्दा बसहरू चरिकोट, तामाकोसी, मुडे र जिरीमा रोकिएका छन् ।

परमिट बिनाका गाडी रोकिँदा रामेछाप जिल्लामा केही सुमोबाहेक अरू सबै यातायात सेवा ठप्प भएका छन् । तामाकोसीदेखि खुर्कोटसम्मको ५५ किलोमिटर पक्की सडक बने पनि यातायात व्यवस्था विभागले कुनै पनि गाडीलाई परमिट दिएको छैन । समाचार स्रोत कारोबार दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.