वनारको हवाई यात्रा प्याकेजमै

  २०७३ भदौ १ गते ६:१२     विकासन्युज

 

काठमाडौं, १ भदौ । नेपालको अग्रणी वायुसेवा बुद्ध एयरले वनारस उडान प्याकेजमा संचालन गर्न थालेको छ । बुद्ध एयरले हवाई भाडामा मात्रै प्याकेज दिएर बुद्ध होलिडेजमार्फत यो योजना अगाडि सारेको छ ।
आन्तरिक वायुसेवा बुद्ध एयरले अन्तर्राष्ट्रिय अनुमति लिएर भारतको वनारस उडान गरिरहेको छ । यो वायुसेbuddha_airवाले पछिल्लो समय चार्टर उडान मात्रै गरिरहेको छ । भुटानको पारोबाट ६ वर्ष अगाडि नै अन्तर्राष्ट्रिय उडान सुरु गरेको बुद्ध एयरले यो गन्तव्यमा लाभ नभएपछि बन्द गरेर नयाँ गन्तव्यका रुपमा वनारस सुरु गरेको हो । यो वायुसेवाले वनारसमा पनि चार्टर उडान मात्रै गरिरहेको छ ।

बुद्धले काठमाडौंबाट भारतका लागि वनारस प्याकेज सुरु गरेका छ । यो वायुसेवाले वाराणसी यात्रा ऐतिहासिक—धर्मिक—पवित्र भनेर प्याकेज नै प्रवद्र्धन गरिरहेको छ । बुद्धले तीन रात चार दिनको यस्तो प्याकेज यात्रामा हवाई भाडादेखि होटल वसोवास र घुमघामको पनि एउटै प्याकेज राख्न चाहने ग्राहकको लागि भने हवाई भाडा वाहेकको अतिरिक्त लागत शुल्क तिर्नुपर्ने व्यवस्था पनि गरेको जानकारी दिएको छ ।

बुद्धले हवाई भाडा मात्रै र हवाई भाडासहितको प्याकेज ल्याएको छ । हवाई भाडा वाहेकको प्याकेजमा धार्मिक पर्यटकीय प्याकेज रहेको बुद्ध एयरले जानकारी दिएको छ । बुद्धले सूचना जारी गरेर तथा पर्यटकीय प्याकेजको प्रवद्र्धन नै सुरु गरेको छ ।
बुद्ध एयरले आफ्नो वेवसाइटमार्फत दिएको जानकारीमा पनि तीन रात चार दिनको प्याकेजमा वनारस, सारनाथ जाने सुविधा दिएको छ । यो सुविधामा वनारण विमानस्थलमा पीकअप तथा ड्रप, वनारसमा वसोवास, वातानकुलित होटलको बेड एण्ड ब्रेकफास्ट, एसी गाडिमा घुमफिर तथा दृश्यावलोकनको सुविधासहितको प्याकेज ल्याएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.