बजाजको बाइक रियालिटि शो शुरु हुँदै, विजेतालाई ५ देखि १० लाखसम्मको उपहार

  २०७३ साउन ३१ गते ८:५८     विकासन्युज

काठमाडौं, ३१ साउन । नेपालमा बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंदले आफनो ग्राहकहरुमा लागि नयाँ योजना–पल्सर डेयरभेन्चरको दोस्रो सिजन–सार्वजनिक गरेको छ ।  डेयरभेन्चर बजाजले आयोजना गरेको नेपालको पहिलो बाइक रियालिटि शो हो । डेयरभेन्चर रियालिटि सो २०१४ मा सुरु भएको थियो । पल्सर डेयरभेन्चर २ को अर्को रोमाञ्चक र सहसिक खेल प्रस्तुत गर्ने बेला आएको कम्पनीले जनाएको छ ।
mnemonic-(1)
कम्पनीका अनुसार यस योजनामा १० साहसी प्रतियोगीहरुले पल्सर बाइकमा “अन–अफ रोड” हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन् । यस प्रतियोगीतामा सामेल हुनका लागि प्रतियोगीहरुले शुरुवातमा नै निकै तालिमहरु लिनुपर्ने हुन्छ । हंसराज हुलासचंदले पहिलो पुरस्कार विजेताले १० लाख रुपैयाँ र पल्सर एनएस, दोस्रो पुरस्कार विजेताले ५ लाख रुपैयाँ र पल्सर एनएस र तेस्रो पुरस्कार विजेताले पल्सर एनएस पाउने घोषणा कम्पनीले गरेको छ । राइडकै क्रममा प्रतियोगीहरुले अन्य वर्गमा पनि आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।

यस प्रतियोगिताका पार्टनरहरु क्लियर, एनएमवि बैंक, सिखर इन्सुरेन्स, बाइकर्स नेपाल, सर्भो, इएसि मिडिया ग्रुप र ग्राण्डि इन्टरनेशनल हस्पिटल रहेका छन् । प्रतियोगीहरुले एनएमवि बैंकको कुनै पनि शाखामा ५०० रुपैयाँ तिरेर आफ्नो नाम दर्ता गराउनु पर्ने कम्पनीको भनाइ छ । हरेक नाम दर्ता गरेका बाइकर्सहरुले पल्सर डेयरभेन्चर २ को अन्तिम १० मा छनौट हुन अडिसन, फिजिकल फिटनेस टेस्ट, अब्स्ट्याकल टेस्ट, मेडिकल टेस्ट र एटिट्युड टेस्ट पास गर्नु पर्नेछ । प्रतियोगीताका दौरान प्रतिस्पर्धिहरु काठमाडौँबाट शुरु भएर बनेपा, ओखलढुंगा हुँदै सोलुखम्बु र टिक्सिडु पुग्नु पर्ने कम्पनीले जनाएको छ ।

कार्यक्रमका बारेमा बोल्दै एच.एच. बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “ पल्सर डेयरभेन्चर पहिलो सिजनको सफल अनुभव रहेको छ । बाइक चलकहरुको लागि अपर मुस्ताङ्गको यात्रा पनि निकै रोमान्चकपूर्ण रहेको थियो । हामीले विगतका अनुभवबाट धेरै कुराहरु सिकेर, नेपाली ग्राहकहरुका लागि पल्सर डेयरभेन्चर दोस्रो संकरण प्रस्तुत गर्न सकेकोमा हामी निकै हर्षित छौँ । पल्सर डेयरभेन्चर दोस्रो संकरणमा बाइक चलकहरुले कहिले नदेखेका र नभोगेका नेपालका बिभिन्न भौगोलिक रोमाञ्चकको अनन्दपूर्ण अनुभव बटुल्न पाउने छन् । हामीले पल्सर राइडरहरु जहिले पनि उत्साह र सहासिक कार्यसँग जोडिएको महशुस गरेका छौं । नयाँ सिजनमा तपाईंले सोचेको भन्दा धेरै अनुभव गर्न पाउनु हुनेछ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.