परिसूचक १९ अंकले बृद्धि, कारोबार रकम २ अर्ब नाघ्यो, बीमा समूह १८० ले उक्लियो

  २०७३ साउन २६ गते ९:५८     विकासन्युज

काठमाडौं, २६ साउन । बुधबार सवा ३ बजेसम्म खुलेको बजारमा नेप्से परिसूचक १९ दशमलब १५ अंकले बढेर १७७९ दशमलब ५७ अंकमा पुगेको छ । सो दिन १४६ कम्पनीको ३५ लाख ८१ हजार कित्ता सेयर २ अर्ब २ करोड ८७ लाख रुपैयाँमा कारोबार भएको छ ।

nepse_increaseबजारमा होटल समूह र हाइड्रोपावर समूह बाहेक अन्य बाकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १८० अंकले उकालो लागेको छ । उत्पादनमूलक, विकास बैंक, बैंकिङ र फाइनान्स समूहको परिसूचक दोहोरो अंक क्रमशः ५८, ३२, १४ र १२ ले बढेका छन् । त्यस्तै अन्य समूहको परिसूचक सामान्य अंक ५ ले बढेको छ । होटल समूह र हाइड्रोपावर समूह भने क्रमशः ३६ र २८ अंकले ओरालो लागेको छ ।

बजारमा सबैभन्दा बढी नेपाल राष्ट्र बैंकको १५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको ११ करोड र नेपाल बैंक लिमिटेडको ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकको करिब ६ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.