जनता बैंकले ५०% हकप्रद सेयर दिने, बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट नियुक्त

  २०७३ साउन २६ गते ७:२४     विकासन्युज

काठमाडौं, २६ साउन । जनता बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेयर निस्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । नियुक्त सम्बन्धि सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएमका प्रबन्ध सञ्चालक वजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

janata_bank_rgt_share

हकप्रद सेयर दिने निर्णय बैंकको छैठौं बार्षिक साधारणसभाले पारित गरिसकेको छ । हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६ करोड रुपैयाँ रहेको छ भने हकप्रद सेयर जारी गरेपछि एक अर्ब ३ करोड रुपैयाँ बढ्ने बैंकले जनाएको छ । बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकले ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.