आइतबार पनि घट्यो सेयर बजार

  २०७३ साउन २३ गते ९:४५     विकासन्युज

काठमाडौं, २३ साउन । अघिल्लो साता लगातार घटेको पुँजी बजारमा यो साताको आइतबार पनि बजार घटेको छ । आइतबार बजार खुल्ने वित्तिकै नेप्से परिसूचक उकालो चढ्न सुरु गरेको थियो तर बन्द हुँदा भने ओरालो झरेको छ ।

बजार खुलेको ४० मिनेट भित्रै परिसूचक १३ दशमलब ८८ अंघले बढेर १७८२ दशमलब ४८ अंकमा पुगेको थियो । सो अवधीमा ७ करोड मूल्य बराबरको सेयर किनबेच भैसकेको थियो । त्यस्तै १२ बजे बढेर १८०५ अंकमा पुगेको थियो । सोही दिन बजार बन्द हुँदा परिसूचक ३ दशमलब ८८ अंकले घटेर १७६४ अंकमा पुगेको छ ।

आइतबार बजारमा एक अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४१ कम्पनीको २१ लाख १६ हजार कित्ता सेयर किनबेच भएको हो । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ११ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक र सिद्धार्थ बैंकको पनि १० करोड बढी रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कारोबार भएका ८ कम्पनीहरु मध्ये ४ कम्पनीको समूह ओरालो लागेको छन् भने अन्य ४ कम्पनीको समूह उकालो लागेका छन् । उत्पादनमूलक, बीमा, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ८१, ५२, ७ र ०.०२ अंकले ओरालो लागेका छन् । अन्य समूह, होटल, विकास बैंक र फाइनान्स समूहको सेयर सामान्य अंक क्रमशः १७, ४, ३ र ०.६३ अंकले उकालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.