एकै दिन सयभन्दा बढीले घट्यो बीमा कम्पनीहरुको सेयर मूल्य

  २०७३ साउन २२ गते ९:४८     विकासन्युज

काठमाडौं, २२ साउन । गत विहिवार अधिकांश बीमा कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा बढीले घटेको छ । सो दिन ४५ अंकभन्दा बढीले घटेको पूजी बजारमा बीमा कम्पनीहरुको सेयर मूल्य उल्लेख्य रुपमा घटेको हो ।

सो दिन लाइफ इन्स्योरेन्स कम्पनीले ११९ रुपैयाँले घटेको छ । गत बुधवार ३४१० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ३३०० रुपैयाँमा कारोवार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११६ रुपैयाँले घटेको छ । गत बुधवार ३९३९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ३८२३ रुपैयाँमा कारोवार भएको छ । सो कम्पनीको प्रमोटर सेयर पनि १०७ रुपैयाँले घटेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १५९ रुपैयाँले घटेको छ । गत बुधवार २२८९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २१३० मा कारोवार भएको छ ।

राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर १०० रुपैयाँले घटेको छ । गत बुधवार १५७०० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर विहिवार १५६०० मा कारोवार भएको नेप्सेले जानकारी दिएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १९३ रुपैयाँले घटेको छ । गत बुधवार २४०३ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २२१० रुपैयाँमा कारोवार भएको हो ।

शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १३५ रुपैयाँले घटेको छ । गत बुधवार ३५५५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर मूल्य गत विहिवार ३४२० रुपैयाँमा कारोवार भएको छ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने एक दिनमा ६७ रुपैयाँले घटेको छ । अघिल्लो दिन १८३७ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १७७० रुपैयाँमा कारोवार भएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने १२ रुपैयाँले मात्रै घटेको छ । अघिल्लो दिन १९१० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १८९८ रुपैयाँमा कारोवार भएको छ ।

गुरास लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ४१ रुपैयाँले घटेको छ । गत बुधवार ९५६ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ९१५ रुपैयाँमा कारोवार भएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा २१ रुपैयाँले घटेको छ । गत बुधवार १४६९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १४४८ रुपैयाँमा कारोवार भएको छ ।

नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ६९ रुपैयाँले घटेको छ । गत बुधवार २१०९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २०४० रुपैयाँमा कारोवार भएका छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ३० रुपैयाँले घटेको छ । गत बुधवार १२१० रुपैयाँमा कारोबार भएको सो कम्पनीको सेयर गत विहिवार ११८० रुपैयाँमा कारोवार भएको छ ।

यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ३१ रुपैयाँले घटेको छ । गत बुधवार २०६० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २०२९ रुपैयाँमा कारोवार भएको छ ।

सो एक दिनमा प्रभु इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९० रुपैयाँले घटेको छ । अघिल्लो दिन १५८० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १४९० रुपैयाँमा कारोवार भएको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सो दिन २८ रुपैयाँले घटेको छ । अघिल्लो दिन २४७३ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २४४५ रुपैयाँमा कारोवार भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले घटेको छ । अघिल्लो दिन १५७५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १५३१ रुपैयाँमा कारोवार भएको हो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७० रुपैयाँले घटेको छ । अघिल्लो दिन २३७५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २३०५ रुपैयाँमा कारोवार भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २९ रुपैयाँले घटेको छ । अघिल्लो दिन ९५० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ९२१ रुपैयाँमा कारोवार भएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १२३० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ११६५ रुपैयाँमा कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.