मनीग्राम र सिटी एक्स्प्रेसबीच सहकार्य गर्ने सम्झौता

  २०७३ साउन २० गते १४:३५     विकासन्युज

काठमाडौँ, २० साउन । मनीग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँग सहकार्य गर्ने सम्झौता गरेका छन् । विदेशमा काम गरिरहेका नेपालीलाई अब नेपालमा रकम पठाउनका लागि अझ सुविधाको मिल्ने सिटी एक्स्प्रेसले जनाएको छ ।
city_money
सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन संसारको सबैभन्दा अग्रणी रेमिटान्स सेवा प्रदान गर्ने कम्पनि मनीग्रामसँग सहकार्य गरी सेवा र्पुयाउन पाउँदा हामी अत्यन्तै हर्षित र उत्साहित भएको बताए । यो सहकार्यले सुदृढ सेवा र्पुयाउन हामीलाई धेरै मद्दत गर्ने उनको भनाई छ । यसका साथै, मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै ५० रुपैयाँको टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने उनले बताए ।

दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालियाले मनीग्राम संसारको अग्रणी मनी ट्रान्सफर सेवा प्रदायक भएको बताउँदै यसले २०० भन्दा बढी देशहरूमा ३ लाख ५० हजार भन्दा बढी स्थानबाट आफ्नो सेवा दिँदै आएको जानकारी दिए । मनीग्रामले निजी व्यवसायी, अन्तर्रा्ष्ट्रिय हुलाक तथा बैंकहरूसँग सहकार्य गर्दे आएको बताए । मनीग्रामले बिल भुक्तानी, मनी अर्डर तथा केही स्थानमा आधिकारिक चेकहरूको प्रक्रिया पनि पूरा गर्छ ।

विश्व बैंकका अनुसार नेपालमा सन् २०१५मा ५.८ बिलियन डलरको रेमिटान्स भित्रिएको जनाएको छ । यसमा कतारबाट १.६८ बिलियन डलर र साउदी अरेबियाबाट १.६० बिलियन डलर भित्रिएको जनाउ गरिएको छ । अन्य क्षेत्रहरूमा संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत र मलेसिया अग्रणी स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.