क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुग्योः नेप्से

  २०७३ साउन २० गते ८:२७     विकासन्युज

nepse1काठमाडौं, २० साउन । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल धितोपत्र बोर्डले क्लियरिङ बैंकको संख्या बढाउन दिएको समय सिमा नाघेको करिब चार महिनापछि बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेप्सेले प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो ।

बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । नेप्सेले चैत मसान्तमा बोर्डलाई पत्र लेखेर प्राबिधिक कारण देखाउँदै तत्कालै नयाँ क्लियरिङ बैंक थप्न नसक्ने बताएको थियो ।
नेप्सेले हाल प्रयोग गरिरहेको सफ्टवेयरको भेण्डर कम्पनीसँग बार्षिक मर्मत सम्झौता(एन्युअल मेन्टिनेन्स एग्रिमेन्ट) नभएको तथा उपयोगमा रहेको प्रबिधीले दुई वटा क्लियरिङ बैंक राख्न नसकिने भएकाले ढिलो भएको स्पष्टीकरण दिएको छ ।
हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गरिरहेको छ । नेप्सेले खुल्ला प्रतिष्पर्धाका आधारमा थप क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी धितोपत्र बोर्डलाई समेत दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.