किन घट्दैछ सेयर बजार ? यस्ता छन् चार कारण

  २०७३ साउन २० गते ६:२६     विकासन्युज

market_downकाठमाडौं, २० साउन । आइतबारदेखि ओरालो लाग्न थालेको पुँजी बजार बिहिबारसम्म निरन्तर ओरालै लागिरहेको छ । आइतबारदेखि बुधबारसम्ममा बजार नेप्से परिसूचक ६४ दशमलब ८ अंकले घटिसकेको छ । र यो क्रम बिहिबार बजार खुल्दा पनि यथावत छ । अर्थतन्त्रका नाजुक परिसूचक तथा सत्ता परिवर्तनको सरगर्मीका बावजुद निरन्तर बजार बढेकोमा नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सचेत गराइरहेको थियो ।

बजार किन बढ्यो र अहिले किन घटिरहेको छ ? नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गीरि भन्छन–‘बजार बढ्नुको पछाडी पनि ठोस कारण थिएन र अहिले घट्नुमा पनि कुनै कारण देखिन्न ।’ उनले बजार बिनाकारण बढेपछि घट्नु पनि स्वभाविक नै भएको बताए ।
यस्ता छन बजार घट्नुका कारणहरु

ब्रोकरको कारोबारमा निगरानी
सेयर बजारका पण्डितहरुका अनुसार बजार अनावश्यक रुपमा बढ्नुका पछाडी सेयर ब्रोकरहरुको ठुलो भूमिका थियो । ब्रोकरहरुले आफन्तहरुका नाममा कारोबार गरिरहेका थिए । पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकरको कारोबारमाथी निगरानी बढाएपछि उनीहरु भटाभट सेयर बिक्रि गर्न लागिपरेका छन् । माग भन्दा आपुर्ति बढी भएपछि बजार घट्ने नै भयो ।

कालो धनको सकस
सेयर बजारमा कालोधन लगानी भएको भन्दै बोर्डले छानविन समिति नै बनाएर अध्ययन गरिरहेको छ । त्यसकारण श्रोत खुलाउन नसकेका सम्भावित कालोधन वाला लगानी कर्ता सुरक्षित तवरले सेयर बेचेर अवतरणको प्रयास गरिरहेका छन् ।

ठुला माछा उम्किए
नेप्से परिसूचक १५०० अंक नाघेपछि ठुला लगानी कर्ता बाहिरिईसकेको स्वंय लगानी कर्ताहरुले दावी गरेका थिए । ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले लाली गरासँ लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनिदिनु पर्यो भन्दै लगानी कर्ता आएको बताएका थिए । यसले पनि बजारमा नयाँ लगानी कर्ता ठुलो मात्रामा भित्रिएको पुष्टि हुन्थ्यो । नयाँ र बजार नबुझेका लगानी कर्ता भित्रिएपछि बढेको बजार ओरालो लाग्नु स्वभाविक नै देखिन्छ ।

संघाई पक्राउ प्रकरण
लागु औषध कारोबारको आरोपमा संघाई ग्रुपका रतन संघाई पक्राउ परे । संघाई ग्रुपको सेयर बजारमा ठुलो लगानी छ । रतन संघार्ईको बैंक एकाउण्ट रोक्का गरिएको भएपनि सेयर कारोबार रोक्का गरिएको छैन् । रतन पक्राउ परेपछि संघाई समुहले धमाधम सेयर बेचिरहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.