परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूहले देखाए रातो रङ

  २०७३ साउन १९ गते ९:४९     विकासन्युज

काठमाडौं, १९ साउन । बजारमा बुधबार परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलब ७५ अंकले घटेर १८१३ अंकमा पुगेको छ । सो दिन १३७ कम्पनीको २४ लाख ८३ हजार कित्ता सेयर करिब एक अर्ब २७ करोड ९२ लाख रुपैयाँमा किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको करिब ९ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सिद्धार्थ बैंकको ७ करोड २१ लाख रुपैयाँ र नेपाल बैंकको ६ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको ५ करोड ३८ रुपैयाँको र अन्य कम्पनीको ५ करोड भन्दा थौरै रुपैयाँको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको दिन बजारमा सबै समूहमा रातो रङ देखिएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ४१ अंकले ओरालो लागेको छ । बीमा, हाइड्रोपावर, बैकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ३३, १७, १३ र ११ अंकले घटेको छ । होटल र फाइनान्स समूहको बराबर अंक १० ले घटेको छ । त्यस्तै अन्य समूहको सामान्य अंक ३ ले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.