लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या

  २०७३ साउन १३ गते १०:४४     विकासन्युज

काठमाडौं, १३ साउन । केही दिनयता लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या देखिएको छ । मौसम बदलीसँगै मुलुकभर जारी वर्षात्ले अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या आएको छैन । तर हिमाली तथा पहाडी क्षेत्रको उडान भने प्रभावित भएको छ ।

airlines_disturbमौसम खरावीले खासगरी पूर्वी पहाडी र पश्चिमका केही विमानस्थलमा उडान सामान्य प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सञ्चालन भइरहेका छन् ।

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार वर्षाले आन्तरिकतर्फ नियमित उडान केही प्रभावित भएको छ । पहाडी भेगका सोलुखुम्बु, भोजपुर, ताप्लेजुङलगायतका गन्तव्यमा भने उडानमा केही समस्या आएको छ ।

यता मौसम पूर्वानुमान महाशाखाले पनि पूर्वी पहाडी भेगबाहेक अन्य स्थानमा भिजिबिलिटी राम्रो रहेको र उडानमा समस्या नरहेको जनाएको छ । मौसमविद् सुवास रिमालले पूर्वका ताप्लेजुङ, ओखलढुङ्गा आदि स्थानमा बदली भई बाक्लो कुहिरो लागेकाले समस्या हुनसक्ने र अन्य स्थानमा भने सामान्य रहेको बताए । विमानस्थलका अनुसार आन्तरिकतर्फ आठ र अन्तर्राष्ट्रियतर्फ २६ वटा एयरलाइन्सले उडान भर्दै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.