नेप्से परिसूचक दोहोरो अंकले बढ्दा होटल समूह १९५ अंकले उकालो

  २०७३ साउन १२ गते ९:४७     विकासन्युज

काठमाडौं, १२ साउन । बजारमा नेप्से परिसूचक निरन्तर बढ्ने क्रम जारी छ । मंगलबार २८ अंकले बढेको परिसूचक बुधबार पनि १४ अंकले बढेको छ । बुधबार परिसूचक १४ अंकले बढेर १८८१ अंकमा पुगेको छ । सो दिन १४८ कम्पनीको ४३ लाख ८५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ ।

nepse1बुधबार सबैभन्दा बढी होटल समूहको परिसूचक १९५ अंकले उकालो लागेको छ । त्यस्तै हाइड्रोपावर, विकास बैंक, बैकिङ र फाइनान्स समूहको परिसूचक क्रमशः ४५, ३३, १५ र ५ अंकले बढेका छन् । बीमा, उत्पादनमूलक र अन्य समूह भने क्रमशः २३, १३ र ७ अंकले ओरालो लागेका छन् ।

बजारमा ९ वटा कम्पनीको सेयर मूल्य करिब १० अंकले बढेको छ । सबैभन्दा बढी लुम्बिनी फाइनान्सको १० प्रतिशतले सेयर मूल्य बढेको छ । माउन्ट मकालु डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, तारागाँउ रिजेन्सि होटल, सिन्धु विकास बैंक, प्रोगेसिभ फाइनान्स, गुडविल फाइनान्स कम्पनी, यूनाइटेड फाइनान्स र सोल्टी होटलका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंक लि. प्रमोटर सेयरका लगानीकर्ताले साढे ९ प्रतिशत गुमाएका छन् ।

बजारमा नेपाल बैंकको सबैभन्दा बढी ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक र प्राइम कमर्सियल बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । अन्य कम्पनीको ७ करोड भन्दा थौरै रुपैयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.