एसबिआई बैंकद्धारा एसएलसी उत्कृष्ट विद्यार्थीलाई तीन लाख बढीको सहयोग

  २०७३ साउन ६ गते ७:४३     विकासन्युज

काठमाडौं, ५ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले नन्दी माध्यमिक विद्यालयका ३० जना विद्यार्थीहरुलाई तीन लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त विद्यालयका २०७१/२०७२ सालको एस.एल.सी. परिक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने १५/१५ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।
sbi_help_stdबैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सो विद्यालयका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने उदेश्यले सो छात्रवृत्ति प्रदान गरेको बताएको छ । बैंकले सो विद्यालयका एसएलसी उतीर्ण उत्कृष्ट विद्यार्थीहरुलाई विगत ७ वर्षदेखि लगातार छात्रबृत्ति प्रदान गर्दै आएको छ । बैंकको यो सानो सहयोगले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई केही हदसम्म हौसला मिल्ने बैंकको आशा रहेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल एसबिआई बैंकका प्रमुख संचालन अधिकृत शुभकान्त कनुङ्गो तथा प्रमुख वित्तिय अधिकृत प्रिय रंजनद्धारा उत्कृष्ट ३० विद्यार्थीहरुलाई छात्रबृत्तिको रकम स्वरुप जनही ११ हजार रुपैयाँको छात्रबृत्ति चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालय परिवारको उपस्थितिमा वितरण गरेका छन् ।

हाल सम्म बैंकले देशभर रहेका आफ्ना ७३ कार्यालय र ८६ एटिएमहरु मार्फत समुदायको उन्नति तथा विकासको लागि योगदान पु¥याउँदै आएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.