असारमा तरकारीको भाउ आकाशियो, मुग्लिन सडकलाई दोष

  २०७३ असार २४ गते ६:४२     विकासन्युज

काठमाडौं, २४ असार । असार महिना लागेपछि सिजनमै फल्ने तरकारीको मुल्य आकाशिएको छ । तरकारीको सिजनका रुपमा हेरिएको असार महिनामा पनि तरकारीको मुल्य बढ्नुलाई मुग्लिनको पहिरोलाई दोष दिइएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितीका प्रवक्ता विनय श्रेष्ठले मुग्लिनमा पहिरो गएको र उपत्यका प्रवेश गर्ने कृषि सडकहरु समेत जिर्ण बनेकाले तरकारीको मुल्य बढेको बताए ।
vegetable_price
जेठ २६ गतेदेखि असार २४ गतेको अवधीमा चलनचल्तीका तरकारीहरुको मुल्य १० देखि ९२ प्रतिशतसम्मले बढेको देखिन्छ । ठुलो गोल भेडाको मुल्य प्रति किलो ६५ रुपैंयाँबाट बढेर ८५ रुपैंयाँ पुगेको छ । जेठ २६गतेको भन्दा यो मुल्य ३० दशमलब ७७ प्रतिशतले बढि हो ।

सानो गोलभेडाको मुल्य पनि १५ दशमलब ३८ प्रतिशतले बढेको छ । जेठ २६ गते प्रति किलो ६५ रुपैंयामा बिक्रि भैरहेको सानो गोल भेडाको मुल्य २४ असारमा ७५ रुपैंयाँ पुगेको छ । गाँजरको मुल्य झन ९२ दशमलब ३१ प्रतिशतले बढेको छ । अघिल्लो महिना ६५ रुपैंयामा खुद्रा कारोबार भएको गाँजर असार २४ गते आईपुग्दा १२५ रुपैंयाँ पुगेको हो ।

बन्दाको मुल्य पनि २२ दशमलब २२ प्रतिशतले नै बढेको छ । जेठ अन्तिम साता ४५ रुपैंयाँमा एक किलो किन्न पाइने बन्दाको मुल्य असार अन्तिम साता आइपुग्दा ५५ रुपैंयाँ पुगेको छ । बोडीको मुल्य १० प्रतिशतले बढेको देखिन्छ । अघिल्लो महिना ५० रुपैंयाँ रहेको बोडीको मुल्य अहिले ५५ रुपैंयाँ पुगेको छ । घिउ सिमि पनि ३६ दशमलब ३६ प्रतिशतले महंगीएको छ । ५५ रुपैंयाँमा एक किलो आउने घिउ सीमी अहिले ७५ रुपैंयाँ पुगेको छ ।

तितो करेला पनि २२ दशमलब २२ प्रतिशतले नै महंगीएको छ । अघिल्लो महिना ४५ रुपैंयामा एक किलो किन्न पाइने तितो करेलाको मुल्य अहिले ५५ रुपैंयाँ पगेको छ । त्यसो त लौकाको मुल्य पनि २२ दशमलब २२ प्रतिशतले नै बढेको छ । ५५ रुपैंयाँ प्रति किलो पर्ने लौका अहिले ५५ रुपैंयाँ पुगेको छ । तर राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेम लाल महर्जनले भने मुग्लिनको पहिरोलाई दोष दिएर काठमाडौंमा तरकारीको मुल्य बढाइएको आरोप लगाए ।

राजधानीमा तरकारी पठाउने धादिङ र काभ्रेको सम्पर्क सञ्जालमा कुनै असर नपरेको बताउँदै उनले मुग्लिन सडकलाई दोष दिएर व्यापारीले कालोबजारी गरेको आरोप लगाए । मन्त्रीको बजार अनुगमन तरकारीको फोहरमा केन्द्रित नभएर मुल्य नियन्त्रणमा लक्षित हुनुपर्नेमा पनि उनले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.