असार २७ गतेदेखि हिमालय एअरलाइन्सले काठमाडौं–दोहा दैनिक उडान शुरु गर्ने

  २०७३ असार २३ गते १०:३६     विकासन्युज

काठमाडौं, २३ असार । हिमालय एअरलाइन्सले आगामी असार २७ गतेदेखि दोहा, कतारमा दैनिक उडान सेवा सञ्चालन गर्ने भएको छ । उक्त गन्तव्यमा जाने यात्रुहरुको मागलाई सम्बोधन गर्न एअरलाइन्सले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको हो ।

Daily-Direct-Flight-to-Dohaएअरलाइन्सले उडानको लागि साबिककै समयतालिका कायम गर्ने छ, तद्अनुसार विमान काठमाडौंबाट २३ः०० बजे (स्थानीय समय) उडेर ०१ः३० बजे (स्थानीय समय) दोहा अवतरण गर्ने छ । त्यसै गरी विमान भोलिपल्ट दोहा बाट ०२ः ३० बजे (स्थानीय समय) उडेर १०ः १५ बजे (स्थानीय समयमा) काठमाडौं अवतरण गर्ने छ । एअरलाइन्सले आफनो तोकिएको समय तालिका अनुसार उडान गर्न तमाम प्रयत्न गर्नेछ ।

एअरलाइन्सले हाल हप्ताको ३ दिन मंगलबार, बिहिबार र शनिबार उडान सञ्चालन गरिरहेको छ । हिमालय एअरलाइन्स्ले जेठ १८, २०७३ देखि दोहा, कतारलाई आाफ्नो पहिलो गन्तव्य बनाउँदै पहिलो नियमित उडान शुरु गरेको थियो । एअरबस ३२०–२१४ विमानमा ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट क्षमताको रहेको छ ।

दैनिक उडानबारे टिप्पणी गर्दै विजय श्रेष्ठ, भाइस प्रेसिडेन्ट भन्छन्,“दोहा गन्तव्यलाई हामीले उच्च प्राथमिकतामा राखेर दैनिक उडान सेवा सञ्चालन गर्न लागेका हौँ । हिमालय एयरलाइन्सको दैनिक उडान सेवाले विशेष गरी कतारमा बस्दै र काम गर्दै आएका यात्रुहरुको लागि उत्कृष्ट सेवा प्रदान गर्ने छ ।”

एअरलाइन्सले आफ्ना यात्रुहरुलाई आन्नददायी, उच्चस्तरीय आरामदायी, सुरक्षित, विश्वसनीय र तोकिएको समयमै सेवा प्रदान गर्ने कुरामा कम्पनी विश्वस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.