पुनर्बीमाको वार्षिक साधारणसभा सम्पन्न, चुक्ता पूँजी १५ अर्ब रुपैयाँ पु¥याउने

  २०७३ असार १७ गते ८:०१     विकासन्युज

काठमाडौं, १७ असार । नेपाल पुनर्बीमा कम्पनीको प्रथम वाषिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाबाट अधिकृत पूँजी ५ अर्बबाट १५ अर्ब रुपैयाँ कायम गरिने र चुक्ता पूँजी ३ अर्बबाट १५ अर्ब रुपैयाँ कायम गरिने निर्णय भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष महेश कुमार गुरागाईंद्धारा साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०७१/७२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । आ. व २०७२ ७३को लागि लेखापरीक्षकमा सूबोध एण्ड एशासियट्स्, चार्टर्ड एकाउन्टेन्ट्स् लाई नियूक्त गरेको छ ।

Chairman_Pic

कार्यक्रममा अर्थ राज्य मन्त्री दमोदर भण्डारी आगामी आ.व.का लागि सरकारले प्रस्तुत गरेको बजेट बक्तव्यमा बीमा सम्बन्धी बिबिध कार्यक्रमहरु समावेश गरिएको उल्लेख गरेका छन् । उनले जनस्वाश्थ्यलाई सहज बनाउन स्वास्थ्य बीमा लागू गर्ने । कृषि तथा पशुपालन व्यवसायलाई व्यवस्थित गर्न प्रत्येक कम्पनीले राष्ट्रभर आफ्नो व्यवसायको ५ प्रतिशत बराबर कृषि तथा पशु बीमा गर्नु पर्ने बताएका छन् ।

भण्डारीका अनुसार बैदेशिक रोजगारीलाई व्यवस्थित गर्न बैदेशिक रोजगारी म्यादी जीवन बीमाको शर्त र सुविधाहरु करिव दोब्बर गरिएको बताए । तेश्रो पक्ष बीमा र यात्रु बीमालाई व्यवस्थित बनाउन सरकारले क्षतिपूर्तिको रकममा बृद्दी गरेको हुनाले सोको ब्यबस्थाको लागि सबै बीमकलाई समेटि कोष खडा गरी अघि बढाउन नेपाल पुनर्बीमा कम्पनीलाई निर्देशन दिईएको छ ।

नेपाल पुनर्बीमा कम्पनीलाई सक्षम बनाई बिदेशी मुद्रा सञ्चिति अभिबृद्धि गर्न सबै बीमा कम्पनीहरुले ३० प्रतिशत प्राथमिकता हिस्सा कायम गरी नेपाल पुनर्बीमा कम्पनीलाई पुनर्बीमा दिने व्यवस्था गर्न सबै बीमकहरुलाई बीमा समिति मार्फत निर्देश गरिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अगुवाईमा सबै बीमक कम्पनीहरुको सहभागितामा कृषि, पशु तथा लघु बीमा कम्पनी स्थापनाको लागि कार्य अगाडी बढाइएको छ । बीमा क्षेत्रलाई केन्द्रित गरी बिशेष प्रकारका वित्तीय औजार जारी गर्ने कार्यक्रम रहेको भण्डारीले बताए । नेपाल पुनर्बीमा कम्पनी अन्तर्राष्टिय बीमा बजारमा समेत प्रतिस्पर्धी बनाई बिदेशी पुनर्वीमा ग्रहण गर्न र राम्रो आय तथा बिदेशी मुद्रा आर्जन गर्न सक्ने बनाउन सरकार लागि परेको ।

बीमा समितिका अध्यक्ष प्रा.डा फत्त बहादुर के.सीले नेपाल पुनर्बीमा कम्पनीले आफ्नो प्रतिस्पर्धी क्षमतालाई अभिबृद्धि गर्दै सक्षम पुनर्बीमक बन्न सकोस भन्ने शुभकामना व्यक्त गरेका  छन् । कम्पनीका अध्यक्ष एफसिए महेश कुमार गुरागाईले कम्पनीले सबैको सहयोगमा सरकारको अपेक्षा अनुरुपको क्षमता अभिबृद्धि गर्दै आवश्यक सेवा प्रदान गर्न, कम्पनीमा सर्बसाधारणको लगानीलाई समावेश गरी सूचिकृत गर्न, अन्तर्राष्टिय वीमा बजारमा आफ्नो विश्वसनियता बढाउनको लागि प्रविधि, स्तर निर्धारण र दक्ष जनशक्तिको बिकास गर्न आवश्यक प्रकृया आरम्भ भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.