डिसहोमको १४ औं सेवा केन्द्र बागलुङ्गमा

  २०७३ असार १५ गते १२:५०     विकासन्युज

काठमाडौं, १५ असार । डिसहोमले बागलुङमा १४ औं सेवा केन्द्र थप गरेको छ । डिसहोमका नायव महाप्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले सेवा केन्द्रद्धारा सो सेवाको उद्धघाटन गरेका हुन् । हाल सम्म डिसहोमले काठमाडौंसहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगन्ज, धनगढी, बुटवल, दाङ्ग, लाहान, जनकपुर, चरिकोट, महेन्द्रनगर र बागलुङ्गमा सेवा केन्द्र स्थापना गरिसकेको कम्पनीले बताएको छ ।

Baglung-(1)कम्पनीका अनुसार सेवा केन्द्रमा हार्डवयर तथा सेवा सम्बन्धी समस्याको समाधान दिने गर्छ । त्यसैगरी सेवा केन्द्रबाट घरमै पुगेर दिने प्राविधिक सहायोग तथा रिचार्ज र सिग्नल सम्वन्धी समस्या पनि समाधान गरिने कम्पनीले जानकारी दिएको छ ।

डिस होमले ५ बर्षदेखि नेपाल भर सेवा दिंदै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने र सिधै स्याटेलाइटमा आवद्ध हुने हुँदा ध्वनी र दृश्य दुबै गुणस्तरीय हुने कम्पनीद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.