पानासोनिकको ४ नयाँ मोबाइल नेपाली बजारमा सार्वजनिक, मुल्य सात हजार देखि २२ हजारसम्म

  २०७३ असार ७ गते १३:१२     विकासन्युज

काठमाडौं, ७ असार । पानासोनिक मोबाइल फोनको नेपालका लागि एकमात्र बिक्रेता एलाईड ट्रेड लिङ्क इन्टरनेशनल प्रालिले चार नयाँ मोबाइल सार्वजनिक गरेको छ । ती हुन् टि४४, टि५०, आर्क र मार्क । कम्पनीका अनुसार टि ४४ एइड्रोइडको ६.० मार्समेलो अपरेटिङ सिस्टमबाट सञ्चालित छन् भने बाकी फोन एण्ड्रोइडको ५.१ ललिपपबाट सञ्चालित रहेका छन् ।

P55-Novo-plusछुट्टा छुट्टै मोबाइलको छुट्टा छुट्टै विशेषता रहेको कम्पनीले जनाएको छ । यस्ता छन् विशेषताः

पानासोनिक टि४४ः
कम्पनीका अनुसार यस मोबाइलमा चार इञ्चको डिस्प्ले रहेको छ । क्वाड कोर प्रोसेसरमा आधारित यो मोबाइल स्यामपेन गोल्ड तथा इलेक्ट्रिक ब्लु रङमा उपलब्ध रहेको छ । यसमा २४०० एमएएच क्षमताबो ब्याट्री रहेको छ । एक जिबि र्याम रहेको यस मोबाइलमा ८ जिबि मेमोरी रहेको छ । यसको रियर क्यामरा पाँच मेगापिक्सल छ भने दुई मेगापिक्सलको फ्रन्ट क्यामरा छ । बजारमा यसको मूल्य ६ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

पानासोनिक टि५०:
कम्पनीका अनुसार टि ५०मा ४.५ इञ्चको डिस्प्ले रहेको छ । क्वाड कोर प्रोसेसरमा आधारित यो फोन स्यामपेन गोल्ड तथा डार्क ब्लु रङमा उपलब्ध रहेका छन् । यस मोबाइलमा एक जिबि र्याम र आठ जिबि मेमोरी रहेको कम्पनीले जनाएको छ । यसको रियर क्यामरा पाँच मेगापिक्सलको छ भने दुई मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ। बजारमा यसको मूल्य आठ हजार चार सय ९० रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

पानासोनिक आर्कः
यस मोबाइलमा ४.७ इञ्चको डिस्प्ले रहेको छ । उक्त मोबाइल क्वाड कोर क्वालकम स्न्यापड्रागन प्रोसेसरमा आधारित र सुनौलो रंगमा उपलब्ध रहेको छ । दुई जिबिको र्याम रहेको यस फोनमा १६ जिबि मेमोरी रहेको छ । रियर क्यामरा आठ मेगापिक्सल भएको यस मोबाइलको पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जानकारी दिएको छ। यसमा १८०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।यसको मूल्य १९ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

पानासोनिक मार्क:
कम्पनीका अनुसार यस मोबाइलमा ५.५ इञ्चको डिस्प्ले रहेको छ । अक्टा कोर क्वालकम स्न्यापड्रागन प्रोसेसरमा आधारित यस फोनमा २५०० एमएएच क्षमताको ब्याट्री रहेको छ । यस मोबाइलमा दुई जिबि र्याम १६ जिबि मेमोरी रहेको छ । यसको रियर क्यामरा १३ मेगापिक्सलको छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । कम्पनीका अनुसार बजारमा यसको मूल्य २१ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.