इन्डोनेसिया र दक्षिण कोरियाबीच १८ अर्ब अमेरिकी डलरको व्यापारिक सम्झौता

  २०७३ जेठ २१ गते ७:३४     विकासन्युज

dollar-150x150जकार्ता, ३ जेठ । इन्डोनेसिया र दक्षिण कोरियाले सोमबार १८ अर्ब अमेरिकी डलर बराबरको ब्यापारिक सम्झौता गरेका छन् । आइतबार सोल पुगेका इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको तीन दिने सोल भ्रमणका क्रममा उक्त सम्झौता भएको हो ।

सम्झौतापछि विभिन्न छ दक्षिण कोरियाली कम्पनीले इन्डोनेसियामा लगानी गर्नेबाटो खुलाभएको छ भने अन्य दुई अर्ब अमेरिकी डलर बराबरको ब्यवसायिक कारोबार दुई एशियाली मुलुकका अन्य दुई छुट्टै कम्पनीले गर्न पाउने भएको दुवै देशका सचिवले सोमबार हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति विडोडोको भ्रमणको क्रममा भएको ब्यापारिक सम्झौतापछि दक्षिण कोरियालाई इन्डोनेसियामा लनानी गर्ने वाताबरण भएको विश्वास दिलाएको छ, इन्डोनेसियाली उद्योग वाणिज्य संघका अध्यक्ष फ्रान्की सिवारानीले वक्तब्यमा बताएका छन् ।

संघको तथ्याङ्क अनुसार दक्षिण कोरियाली कम्पनीले सन् २०१५ मा विभिन्न दुई हजार ३०० लगानी योजना मार्फत करिब १अर्ब २१ करोड अमेरिकी डलर बराबरको लगानी इन्डोनेसियामा भित्राएको बताएको छ । कोरिया इन्डोनेसियामा गर्ने सबैभन्दा धेरै लगानीे गर्ने बिदेशी मुलुक हो ।

राष्ट्रपतिकासाथ इन्डोनेसिया पुगेको प्रतिनिधिमण्डल कोरियापछि लगानी आकर्षण गर्ने उद्देश्यकासाथ सिधै रसिया जाने कार्यक्रम छ । इन्डोनेसियाले बिदेशी लगानीलाई प्रोत्साहन गर्दैै मुलुकको वर्तमान अर्थतन्त्रमा यसै बर्षभित्र ५।३ प्रतिशतले बृद्धि गर्ने लक्ष्य लिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.