पुरुष सौन्दर्य प्रतियोगिता जेठ ३० गते, पहिलो हुनेलाई नगद एक लाख

  २०७३ जेठ २१ गते ४:३६     विकासन्युज

८ जेठ/प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल (पुरुष सौदर्य) प्रतियोगिता जेठ ३० गते राजधानीको आर्मी क्लवमा हुने भएको छ । १८ देखि ३० वर्ष उमेरका आकर्षक व्यक्तित्व भएका कम्तिमा ५ फिट ८ इन्च उचाई भएका नेपाली युवाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् ।

boy_saundaryeप्रतियोगितामा भाग लिन चाहानेले जेठ १ गतेसम्म आवेदन गर्नु पर्नेछ । प्रतियोगितामा पहिलो विजेतालाई १ लाख, दोस्रो विजेतालाई २० हजार, तेस्रो विजेतालाई १० हजार रुपैयाँ दिईने छ । त्यस्तै, रियल ट्यालेन्ट र प्रोस्टाईल बेष्ट हेयर विजेतालाई पनि १०/१०हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस प्रतियोगिता आयोजना गर्नको लागि डावर नेपालमो मेल ग्रुमिङ रेन्जले गु्रप अफ इभेन्ट इन्टरटेनर्स सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका प्रबन्ध निर्देशक अनुप सक्सेना प्रोस्टाइल जस्तो प्रतिष्ठित ब्र्राण्डसँग आवद्ध भई यस्तो कार्यक्रम गर्न पाउनु खुशीको विषय भएको बताए ।

डाबर नेपालका मार्केटिङ्ग प्रमुख अभय प्रसाद गोर्खालीले यस वर्षको म्यानहन्ट इन्टरनेशनललाई अझै ठूलो र राम्रो बनाउन सहयोग गर्ने बताए । युवाहरुलाई यस्तो व्यक्तित्व निखार्ने प्रतियोगितामा भाग लिन प्रोत्साहन गर्ने उदेश्यले पुरस्कारको पनि व्यवस्था गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.