एनसेलले ल्यायो दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक

  २०७३ जेठ २० गते १०:४०     विकासन्युज

Ncell-Logo-150x150काठमाडौं, १२ जेठ । देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ । कम्पनीले एक्जियटा गुप्र नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने ग्राकहहरुलाई ध्यानमा राखि उक्त योजना ल्याएको हो ।

कम्पनीका अनुसार बिहीबारबाट लागु हुने यो योजना अन्तर्गत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित १ हजार ५ सय रुपैँयामा प्याक खरिद गरी दैनिक अनलिमिटेक डेटा सेवाको फाइदा दिन सक्छन् ।

कम्पनीले जनाए अनुसार ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैले किन्न पर्ने प्याक प्रयोग गर्न सक्छन् । स्वत सुचारु हुने प्याक खरिद गर्दा ग्राहकले एक पटक प्याक खरिद गरेपछि भ्रमण अवधिभरी सहजै डेटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नो आवश्यकता अनुसार दैनिक रुपमा खरिद गर्न पर्ने हुन्छ ।

प्याक खरिद गर्नका लागि ग्राहकले पहिला स्टार १७१२७ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात स्टार १७१२९ ह्यास डायल गरी दैनिक रुपमा आफै सुचारु हुने वा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सक्छन् । यी प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवा मार्फत आफ्ना आफन्तजनहरुसंग सहजै सम्पर्कमा रहन सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक प्याक सुचारु गरेपछि २४ घण्टा सम्म प्रयोगका लागि समय सिमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुन प्याक खरिद गर्न सक्छन् वा हाल लाग्दै आएको रु १५ प्रति एमबि शुल्कमा डेटा सेवा प्रयोग गर्न सक्छन् । प्रत्येकदिन आफै सुचारु हुने दैनिक प्याकको हकमा जुन सुकै समयामा प्याक खरिद गरेता पनि प्रयोग गर्ने समयसिमा मध्य रातमा सकिने छ र स्वत नयाँ प्याक सुचारु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.