महालक्ष्मी, सिद्धार्थ फाईनान्स र मालिका विकास बैंकबीच मर्ज सम्झौता

  २०७२ चैत २ गते १४:२१     विकासन्युज

काठमाडौं, २ चैत । महालक्ष्मी फाइनान्स लिमिटेड , सिद्धार्थ फाईनान्स लिमिटेड र मालिका विकास बैंक लिमिटेडबीच आपसमा गाभ्ने गाभिने सम्झौता भएको छ । मर्जपछि संस्थाको नाम महालक्ष्मी विकास बैंक लिमिटेड राख्ने सहमति भएको छ । सम्झौता अनुसार गाभिए पछि बन्ने राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडको चूक्ता पुंजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ हुनेछ ।

mahalaxmi1
मंगलबार भएको सो सम्झौता पत्रमा महालक्ष्मी फाईनान्स तर्फबाट मर्जर समितिका संयोजक संजय गिरी, सिद्धार्थ फाईनान्स लिमिटेडका तर्फबाट अध्यक्ष रमेश कुमार अग्रवाल र मालिका विकास बैंक लिमिटेडको तर्फबाट मर्जर समितिका संयोजक राजेश रौनियारले हस्ताक्षर गरेका छन् ।

मर्जपछि बैंकको शाखा संजाल ४० सहित निक्षेप १० अर्ब ७१ करोड र कर्जा लगानी ८ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ । राष्ट्रिय स्तरको विकास बैंकको लागि चाहिने बाँकी पूँजी २०७४साल आषाढ मसान्त भित्रै अन्य बैंकलाई गाभेर वा हकप्रद शेयर जारी गरी पुर्याउने सहमति भएको छ ।
मर्जपछि बन्ने संचालक समितिमा महालक्ष्मी फाईनान्सबाट ३ जना, सिद्धार्थ फाईनान्सबाट २ जना र मालिका विकास बैंकबाट २ जना गरी जम्मा ७ सदस्यीय संचालक समिति बन्ने व्यवस्था गरिएको छ ।

तिनै संस्थाको सम्पत्ति दायित्व मूल्यांकन पश्चात आउने प्रतिवेदनलाई आधार बनाई शेयर स्वाप अनूपात निर्धारण गर्ने सहमति भएको संयुक्त प्रेस विज्ञप्तिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.