आइपिओको भद्रगोल सुधार गर्ने बोर्डको तयारी, संयुक्त चेक दिन नपाइने, प्रत्येक दिनको अभिलेख राख्नुपर्ने

  २०७२ फागुन १९ गते ११:५३     विकासन्युज

काठमाडौं, १९ फागुन । धितोपत्र वोर्डले साधारण सेयर (आइपिओ) जारी गर्दा हुने अनियमित क्रियाकलाप रोक्न पहल गरेको छ । आइपिओ जारी गर्दा अझै पनि केही निश्चित ब्यक्तिहरुले नाजायज क्रियाकलाप गरेको गुनासो आएको भन्दै बोर्डले सुधारको लागि छलफल चलाएको छ ।

आइपिओ जारी गर्दा केही नाजायज क्रियाकलाप भएका गुनासा आएपछि सुधारको लागि पहल थालिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । बोर्डले अहिले विषेश गरेर तीनओटा सुधारका कार्य गर्न लागेको बताइएको छ ।

बोर्डले आइपिओ माग गर्नेले संयुक्त चेक जारी गर्न रोक लगाउन थालेको छ । एक भन्दा बढी ब्यक्तिहरुले आइपिओ माग गर्ने तर एउटा ब्यक्तिको खाताको मात्र चेक काट्ने गर्दा अनियमित काम भएको शंका गर्दै बोर्डले यस्तो नगर्न निर्देशन दिन लागेको छ ।

यस्तै आइपिओको फर्म बुझाउदा संकलन केन्द्रले अनिवार्य रुपमा अभिलेख राख्नु पर्ने ब्यवस्था मिलाउन निर्देशन दिन लागेको छ । अहिले फर्म बुझ्ने पैसा गनेर लिने तर त्यसको अभिलेख राख्ने गरेका छैनन् । यसो हुदा संकलन केन्द्रमा कार्यालय समय सकिएपछि पनि फर्म र पैसा बुझ्ने कार्य हुदै आएको गुनासो आउने गरेको छ । यस्तो गुनासो आएको कारण आज कति आवेदन संख्या पर्यो र कति रकम जम्मा भयो भनेर रेकर्ड राख्नु पर्ने निर्देशन दिन लागिएको बोर्डले जानकारी दिएको छ ।

यस्तै बोर्डले निष्कासन बन्द भएकै दिन बेलुकी अनिवार्य रुपमा आवेदन संख्या र रकमको विवरण सार्वजनिक गर्न इस्यू म्यानेजरलाई निर्देशन दिन लागेको छ । निस्कासनको समय बन्द भएपछि पनि अनधिकृत रुपमा आवेदन लिने गरिएको कारण यस्तो निर्देशन दिन लागिएको बोर्डले जानकारी दिएको छ ।

One comment on "आइपिओको भद्रगोल सुधार गर्ने बोर्डको तयारी, संयुक्त चेक दिन नपाइने, प्रत्येक दिनको अभिलेख राख्नुपर्ने"

  • uchit shrestha says:

    Yo ta thik ho tara …time ek dam short vayo time ahile….time cha two weeks die ramro huntha Niraj Giri ji

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.