राजधानीमा पेट्रोल सकस (फोटो फिचरसहित)

  २०७२ असोज २६ गते १५:२५     विकासन्युज

Bikashnews.com

काठमाडौं, २६ असोज । भारतले अघोषित नाका बन्दी लगाएसँगै निजी सवारी साधनलाई पेट्रोलिम पदार्थ वितरणमा रोक लागेको थियो तर मंगलबार दशैंमा घर जान भन्दै निगमले निजी सवारी साधनलाई पनि पेट्रोल उपलब्ध गराउने निर्णय गर्यो ।

petrol_bhadrakali

निगमले मंगलबार पेट्रोलियम पदार्थ वितरण गर्ने सूचना आइतबार नै बजारभरी फैलीसकेको थियो । सोमबार सार्वजनिक सूचना प्रकाशित गरेर मंगलबार सर्व साधारणलाई इन्धन दिने घोषणा गरेपछि सोमबारदेखि नै राजधानीका इन्धन पम्पहरुमा सर्वसाधारणहरुले आफ्ना सवारी साधन लाईन लगाईसकेका थिए ।
petrol_fast
रत्नपार्क पुल छेउमै रहेको चुनीलाल आयल स्टोर्समा सोमबार दिउँसो तीन बजे नै आफ्नो कारलाई लाईनमा राखेको बताउँदै थिए बागबजारकै स्थानिय हरि महर्जन । ‘आज तेल दिन्छ भन्ने सूचना पक्का हुने वित्तिकै कारलाई यहाँ ल्याएर राखेका हुँ, त्यतिबेला त्यस्तै तीन बजेको थियो होला’ उनले भने ।

petrol_my_turn

निगमले मंगबालर थानकोट डिपोबाट सर्वसाधारणलाइ दशैंमा घर पठाउन भन्दै ६ लाख लिटर पेट्रोल वितरण गरिरहेको छ । निगमले मंगलबार निजी मोटर साईकललाई पाँच लिटर र कारलाई १० लिटर पेट्रोल वितरण गरिरहेको छ । पेट्रोल भर्न सर्वसाधारण मध्यरातदेखि लाईनमा बसिरहेका छन् ।

petrol_ntc

राजधानीमा दैनिक ६० लाख लिटर पेट्रोल खपत हुने भएपछि निगमले दशैंका लागि भन्दै जम्मा ६ लाख लिटर पेट्रोल वितरण गरिरहेको हो ।

petrol1111

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.