अर्थ मन्त्री बन्ने दौडमा चार हस्ती, पाण्डेलाई बनाउन दबाव

  २०७२ असोज २४ गते १७:३२     विकासन्युज

काठमाडौं, २४ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएसँगै ओलीको क्याबिनेटमा अर्थ मन्त्री को बन्छ भन्ने बहसले तिब्रता पाएको छ । एमाले श्रोतका अनुसार अर्थ मन्त्री बन्ने दौडमा चार जना हस्तीहरु लागेका छन् ।

Bikashnews.com
पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे अर्थन्त्री बन्ने दौडका स्वभाविक हस्ती हुन् । उनी बाहेक ओलीको विश्वास पात्र बिष्णु पौडेल पनि अर्थ मन्त्री बन्ने रेसमा सामेल भएका छन् । श्रोतका अनुसार पौडेलको सम्भावना बढ्दै गएको छ । अर्थ मन्त्रीको रेसमा पाण्डे एक नम्बरमा छन भने पौडेलले पाण्डेलाई पछ्याईरहेका छन् ।

माधव नेपाल र केपी ओलीबिच आन्तरिक शक्ति सन्तुलन मिलाउने सर्तमा पाण्डे अर्थ मन्त्री बन्ने सम्भावना बढि छ । तर ओलीले आफुलाई सघाउने पात्र छाने भने पौडेलको पल्लाभारी हुनेछ । पौडेलको अध्ययनको बिषयले पनि उनलाई अर्थमन्त्री बन्नबाट रोक्ने बुझिएको छ । श्रोतले दिएको जानकारी अनुसार पौडेलले एसएलसी समेत पास गरेका छैनन् । उता, ओली क्याम्पकै अर्का नेता शंकर पोखरेलले पनि अर्थ मन्त्री बन्नका लागि ओली क्याम्पसमा लबिङ बढाएका छन् । अघिल्लो निर्वाचन हारेका पोखरेललाई मन्त्री बनाउनका लागि एक जना समानुपातिक सभासदले मैदान छाड्नु पर्नेछ ।

त्यसो त नेपाल राष्ट्र बैंकको गभर्नर बनिसकेका डा. युवराज खतिवडा पनि अर्थ मन्त्रीको लिगलिगे दौडमा सामेल छन् । झापाली खतिवडालाई पनि अर्थ मन्त्री बन्नका लागि एक जना सभासदले राजीनामा दिएर उनका लागि बाटो खुल्ला गरिदिनु पर्छ ।

एमाले श्रोतका अनुसार पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पूनः अर्थमन्त्री बनाउन पार्टी नेतृत्वलाई दबाव परेको छ । भूकम्पपछि पूननिर्माणको ठुलो जिम्मेवारी सरकारको काँधमा आएकाले पनि अर्थतन्त्र बुझेका र पहिले पनि राम्रो काम गरेका पाण्डेलाई पुन जिम्मेवारी दिन माधव नेपाल र झलनाथ खनाल पनि सहमत छन् । केपी ओलीले समेत हेभिवेटहरुको क्याबिनेट बनाउने सोँच बनाएकाले पनि अनुभवी र अर्थतन्त्र बुझेका पाण्डेको पल्लाभारी हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.